ब्राजिलमा ‘एक्स’को सेवा बन्द

एजेन्सी, २ भदौ । सामाजिक सञ्जाल ‘एक्स’ ले ब्राजिलमा आफ्नो कार्यालय र सेवा बन्द गरेको छ ।

ब्राजिलका न्यायाधीश एलेक्जेन्डर डे मोरासको सेन्सरशिप आदेशका कारण ब्राजिलमा आफ्नो कार्यालय र सेवा बन्द गरेको एक्सका प्रमुख तथा विश्वकै धनी व्यक्ति एलन मस्कले बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

ब्राजिलका न्यायाधीश मोरासले एक्सका कानूनी प्रतिनिधि राहेल नोभा कन्सेकाओलाई एक्समा भएका केही सामग्री हटाउन आदेश दिँदै नहटाएमा पक्राउ गर्ने धम्की दिनुभएको थियो । एक्सले न्यायाधीश मोरासले हस्ताक्षर गरेको दस्तावेजको तस्बिर पनि प्रकाशित गरेको छ । जसमा नयायाधीशले आफ्नो आदेशको पालना नगरेमा दैनिक ३६ सय ५३ डलर जरिबाना र पक्राउको आदेश दिने धम्की दिएको पाइन्छ ।

‘हाम्रो कर्मचारीहरूको सुरक्षाको रक्षा गर्न, ब्राजिलमा हाम्रो अपरेशन बन्द गर्ने निर्णय गरेका छौँ’, एक्सले लेखेको छ । न्यायाधीशको धम्कीबारे ब्राजिलको सर्वोच्च अदालतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ