नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरीयता घट्यो

काठमाडौँ, १ भदौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हिजो सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता घटेको हो ।

नयाँ वरीयतामा नेपाल ९९ औँ स्थानमा छ । अघिल्लो वरीयतामा नेपाल ९८ औँ स्थानमा थियो । एसियाली देशको वरीयतामा नेपाल १९ औँ स्थानमा छ । यस्तै दक्षिण एसियाली वरीयता नेपाल दोस्रो स्थानमा छ ।

नेपाल भन्दा अघि रहेको भारत ६८ औँ स्थानमा छ । विश्व वरीयतामा अमेरिकाले चार स्थान सुधार गरी शीर्ष स्थानमा उक्लिएको छ । यस्तै इंग्ल्यान्ड दोस्रो स्थानमा छ भने स्पेन तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्