स्कुल बस बिहान साढे ८ बजेबाट मात्रै सञ्चालन गर्न सुझाव

काठमाडौँ, २९ साउन । पोखरामा स्कुल बस सञ्चालनलाई सुरक्षित बनाउन सुझाव दिने गरी गठित अध्ययन समितिले विद्यालय सञ्चालनको डेढ घण्टा अघि मात्रै विद्यार्थी ओसार्न सुझाव दिएको छ ।

विद्यालयले आवश्यकताका आधारमा मात्रै बस सञ्चालन गर्नुपर्ने र बिहान साढे ८ बजेबाट विद्यार्थी लिन बस निस्किनुपर्ने सुझाव दिएको हो ।

यस्तै, ट्राफिक नियम तथा सडक सुरक्षा प्रति सजग हुन, बस चलाइरहेको बेला चालकले मोबाइलमा कुरा नगर्न, विद्यार्थी चढ्दा र झर्दाको समयमा अत्यन्तै सावधानी अपनाउन सुझाइएको छ । साउन १४ गते पोखरा २१ मा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन गठन भएको समितिले यस्ता सुझाव दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच

काठमाडौँ, ९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को पहिलो खेलमा लुम्बिनी लायन्सले सहज जित हासिल गरेको छ

काठमाडौँ, ९ कार्तिक । फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ ।  ताप्लेजुङको

काठमाडौँ, ९ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल प्रिमियर लिग (एनपीएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको