भारतसँगको विद्युत् व्यापार सम्झौताविरुद्धको रिट फेरि हेर्दाहेर्दमा 

काठमाडौँ, २४ साउन । भारतसँगको विद्युत् व्यापार सम्झौताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले दायर गरेको रिट हेर्दाहेर्दैमा परेको छ ।

दश हजार मेगावाट विद्युत् भारतलाई बेच्ने गरी भएको विद्युत् व्यापार सम्झौतामा संवैधानिक प्रश्न उठाउँदै पूर्वप्रमुख आयुक्त उपाध्यायले ०८० साल फागुन २२ मा सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

रिट बिहीबार सर्वोच्चका न्यायाधीशत्रय प्रकाशमान सिंह राउत, सपनाप्रधान मल्ल र महेश शर्मा पौडेलेको इजलासमा सुनुवाइ भएको थियो । इजलासले ०८० फागुन २९ देखि नै रिटलाई हेर्दाहेर्दैमा राखेको थियो । सामान्यतया कुनै पनि मुद्दा हेर्दाहेर्दैमा राखेपछि त्यही इजलासले टुंग्याउने न्यायिक अभ्यास छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ भदौ । गायिका आनी छोइङ डोल्मा मेची-महाकाली उद्धार अभियान लिएर देश दौडाहामा निस्कँदैछिन् । असोज १५ गतेदेखि प्रधानमन्त्री

काठमाडौँ, २४ भदौ । अभिनेता राजेश हमालले नेपालमा राजनीतिक दलका नेताहरूले सन्तोषजनक काम गर्न नसक्दा जनतामा निराशा देखिएको बताएका छन् ।  काठमाडौँ

काठमाडौँ, २३ भदौ । चलचित्र ‘नाङ्गो गाउँ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । शुक्रबार बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट

काठमाडौँ, २३ भदौ । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको सम्पूर्ण उपचार लन्जेभिटी हेल्थ होमले आजीवन निःशुल्क गर्ने भएको छ । शनिबार