बंगलादेशमा विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने निर्णय

काठमाडौँ, २२ साउन । बंगलादेशमा विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गरिने भएको छ । 

राष्ट्रपति मोहम्मद शाहबुद्दिनको नेतृत्वमा सोमबार बेलुकी बसेको बैठकले आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने निर्णय गरेको हो ।

बैठकले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियालाई पनि रिहा गर्ने निर्णय गरेको छ । “बैठकले विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने निर्णय पनि गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।

बैठकमा सेना प्रमुख जनरल वाकर–उज–जमान, नौसेना र वायुसेनाका प्रमुख र बीएनपी र जमात–ए–इस्लामी पार्टीलगायत विपक्षी दलका शीर्ष नेताहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण