नयाँ सरकार बनेयता मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखियो : कांग्रेस

काठमाडौँ, २१ साउन । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ सरकार बनेसँगै मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखिएको दाबी गरेका छन् ।

आज प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन् । प्रवक्ता महतले खुकुलो  मौद्रिक नीति र कांग्रेस–एमाले सरकारले मुलुकमा स्थायित्व दिनसक्ने भएकाले मुलुकको आर्थिक गतिविधि आगामी दिन बढ्दै जाने देखिएको तर्क समेत गरे । उनले सेयर बजारमा भने बिना आधार उकालो चढिरहेको भन्दै यसमा कडा निगरानी राख्न सरकारलाई सचेत गराए । 

प्रवक्ता महतले केहीको चलखेलका कारण सेयर बजार उकालो लागेको हुनसक्ने औँल्याउँदै सर्वसाधारणलाई यसमा लगानी गर्ने कुरामा सचेत हुन पनि आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । नेपाली कांग्रेसका नेता सुनिल शर्माले एकताका नाममा कसैले पनि कारबाही गरे अस्वीकार्य हुने बताएका छन् । उनले

काठमाडौँ, २९ पौष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि नवीनतम प्रविधि, सीप र पूर्वतयारी

काठमाडौँ, २९ पौष । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका ठाउँमा अर्को नाम पठाउन राजनीतिक दलहरूलाई आग्रह गर्दैछ । निर्वाचन

काठमाडौँ, २९ पौष । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित पार्टीलाई अझ एकताबद्ध बनाउने बताएका