बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले छाडिन् देश

काठमाडौँ, २१ साउन । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेकी छन् ।  

उनले आज राजीनामा दिएसँगै देश छाडेको बताइएको छ ।  बीबीसीको बांग्ला सेवाका अनुसार बंगलादेशको प्रधानमन्त्री निवासमा प्रदर्शनकारी प्रवेश गरेका छन् ।

बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ । तर शेख हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चासो देखाएकी थिइनन् । आइतबार विरोध प्रदर्शन उग्र भएको थियो । सोमबार पनि प्रदर्शनकारी ठुलो संख्यामा सडकमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुन: भाडा सम्झौता हुने बताएका

काठमाडौँ, १४ बैशाख । नेपाल रेडले अभ्यास खेलमा नेपाल ब्लुविरुद्ध चार रनको रोमाञ्चक जित निकालेको छ । आज मूलपानी क्रिकेट

काठमाडौँ, १३ बैशाख । त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) लगायत १८ संस्थालाई आफ्नो हाताभित्र रहेको जग्गा खाली गर्न ३५

काठमाडौँ, १२ बैशाख । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला आज आजदेखि सुरु हुँदैछ । घरेलु टोली नेपालले