राष्ट्रियसभा अध्यक्ष दाहाल र अस्ट्रेलियन राजदूत वोल्कबीच बिदाइ भेट

काठमाडौँ, २१ साउन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी वोल्कले बिदाइ भेट गरेकी छन् ।

नेपालका लागि अस्ट्रेलियाको राजदूतका रूपमा साढे तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नु राजदूत वोल्कले आज (सोमबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गरेकी हुन् ।

बिदाइ भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल र अस्ट्रेलियाको द्विपक्षीय सम्बन्ध थप मजबुत र प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै राजदूत वोल्कको प्रशंसा गरे । नेपाल र अस्ट्रेलियाबिच कूटनीतिक सम्बन्ध मात्रै नभई जनस्तरमा पनि राम्रो सम्बन्ध रहेको चर्चा गर्दै अध्यक्ष दाहालले जनस्तरको सम्बन्धले दुई देशलाई सामाजिक, सांस्कृतिक तथा भावनात्मक रूपमा पनि नजिक बनाउने बताए ।

विगतमा दुई देशबिच संसदीय भ्रमण पनि भइसकेको स्मरण गराउँदै अध्यक्ष दाहालले संसदीय प्रतिनिधि मण्डलको भ्रमणले दुई देशको संसदीय अभ्यास, प्रक्रिया र अनुभव आदान प्रदानमा सहयोग हुने बताए । नेपालको सङ्घीय संसद्ले नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूह गठन गरेको पनि अध्यक्ष दाहालले जानकारी दिए ।

सो भेटमा राजदूत वोल्कले नेपालमा रहँदा आफूले देशका धेरै ठाउँ पुगेको र यहाँको संस्कृति, जनजीवन नजिकबाट नियाल्ने अवसर पाएको बताइन् । राजदूतका रूपमा नरहे पनि नेपालमा रहँदाका अनुभव र न्यानो माया स्मरण गर्दै आफू सधैँ नेपालको सद्भावना दूतका रूपमा रहिरहने वोल्कले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ जेठ । भारतको तेलङ्गाना राज्यमा बढ्दो तापक्रमका कारण हीटस्ट्रोक (लू) बाट कम्तीमा १६ जनाको मृत्यु भएको छ  । टाईम्स

एजेन्सी, ११ जेठ । चीनले आफ्नो नयाँ मानवसहितको अन्तरिक्ष अभियान ‘शेन्जोउ–२३’ सफलतापूर्वक प्रक्षेपण गरेको छ । आइतबार राति उत्तर पश्चिमी चीनको

काठमाडौँ, ११ जेठ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको

एजेन्सी, १० जेठ । युक्रेनका राष्ट्रपति भ्लोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक आक्रमणका क्रममा शक्तिशाली हाइपरसोनिक ‘ओरेसनिक’ ब्यालिस्टिक क्षेप्यास्त्र