विद्युत् प्राधिकरणका दुई सदस्यलाई हटाएकोप्रति माओवादीको आपत्ति

काठमाडौँ, २१ साउन । नेकपा माओवादी केन्द्र सरकारले नेपाल विद्युत् प्राधिकरणका दुई सदस्यको बर्खास्त गरेकोप्रति आपत्ति जनाएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादीका सांसद माधव सापकोटाले नियम उलंघन गरेर सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको बताए ।

उनले भने, ‘दुई जनालाई सरकारले नियम उलंघन गरेर सरकारले बर्खास्त गरेको छ। योप्रति भर्त्सना गर्दै सरकार देशमा अटेक्रेसी चलाउन खोजिरहेको भन्ने कुराको आशंका व्यक्त गर्छु ।’

डेडिकेटेड र ट्रंक लाइन विवादमा फरक मत राखेपछि सरकारले दुवै जनालाई पदमुक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ । गत चैत २० मा शिक्षा

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ देखि जिल्ला अधिवेशन प्रारम्भ गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले

काठमाडौँ, ६ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन्

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुरानो क्रियाशील खारेज गर्ने नभई अद्यावधिक गर्न लागिएको बताएका छन् ।