काठमाडौँ -तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङको ब्रेक थ्रु

काठमाडौँ, २१ साउन । निर्माणाधीन काठमाडौँ-तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ-निजगढ तर्फको धेद्रे सुरुङ ब्रेक थ्रु भएको घोषणा गरे । मकवानपुरको बकैया गाउँपालिकास्थित धेद्रेको ब्रेक थ्रु भएसँगै पोलि छङ्गदा निर्माण कम्पनीले निर्माण ठेक्का लिएको प्याकेज नम्बर दुईका सबै सुरुङ वारपार छेडिएको छ ।

यसअघि लेनडाडाका दुबै सुरुङको ब्रेक थ्रु भइसकेको छ । बाँकी रहेको काठमाडौँ-निजगढ तर्फको धेद्रे सुरुङ पनि आज छेडिएको हो ।

कुल ७०.९७७ किलोमिटर लामो द्रूत मार्गमा कुल १०.३०९ किलोमिटर सुरुङमार्ग रहेको छ । यसमध्ये धेद्रे सुरुङ १६९१ मिटर लामो छ । यस आयोजनामा कुल ६ स्थानमा सुरुङ बन्दैछन । जसमध्ये सबैभन्दा लामो ३३५५ मिटर लामो सुरुङ महादेवडाडामा बन्दैछ । जसको ६५ प्रतिशत काम सम्पन्न भइसकेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १ फागुन । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भारत महाराष्ट्रका

काठमाडौँ, १ फागुन । सिन्धुलीमा भैँसीले हान्दा एकजनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५

काठमाडौँ, १ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४