आइसीसी विश्वकप लिग–२ श्रृङ्खलाका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ, २१ साउन । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सेप्टेम्बरमा हुने क्यानडा र ओमानविरुद्धको आइसीसी क्रिकेट विश्वकप लिग–२ को श्रृङ्खलाका लागि २२ जना खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरेको छ ।

क्यानले कप्तान रोहित पौडेलसहित २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । नेपालले बन्द प्रशिक्षणमा बोलाएका खेलाडीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, अनिल शाह, देव खनाल, भिम सार्की, आरिफ सेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी, सुर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा रहेका छन् ।

नेपालले लिग–२ अन्तर्गत अहिलेसम्म ४ खेल खेलेकोमा एक खेल मात्र जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको