काठमाडौँ, २१ साउन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै पोखरेखोलामा पहिरोसँगै खसेको रुखले गुडिरहेको माइक्रोबसमा लागेर ९ जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सुख्खा पहिरो खसेर केहीबेर राजमार्ग समेत अवरुद्ध भएकामा अहिले सडक खुलिसकेको छ ।
घाइतेमध्ये १ जनालाई उपचारका लागि काठमाडौँ रिफर गरिएको छ भने बाँकी ८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको छ ।
आज बिहान धादिङबेंसीबाट काठमाडौँको लागि छुटेको बाग्मती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको विद्युतीय माइक्रोबसमा पहिरोसँगै रुख ढलेर लागेको हो ।






