बंगलादेशमा सरकार विरोधी प्रदर्शनमा मृतकको सङ्ख्या ९१ पुग्यो

ढाका, २१ साउन । बंगलादेशमा आइतबार भएको हिंसात्मक विरोध प्रदर्शनमा देशभरमा कम्तीमा ९१ जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै सडकमा हजारौँ प्रदर्शनकारीहरू उत्रिएका छन् । प्रदर्शनकारीहरूलाई तितर बितर पार्न प्रहरीले अश्रु ग्यास र रबरका गोली पनि प्रहार गरेको थियो ।

मर्नेमा कम्तीमा १३ जना प्रहरी पनि रहेको बताइएको छ । सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने मागसहित गएको महिना विश्वविद्यालयका विद्यार्थीहरू विरोध प्रदर्शनमा उत्रिएयता एकै दिनमा भएको यो अहिलेसम्मकै धेरै मृत्यु हो ।

यसअघि हिंसात्मक विरोध प्रदर्शनमा जुलाई १९ मा ६७ जनाको मृत्यु भएको थियो । आइतबार साँझ ६ बजेदेखि सरकारले अनिश्चितकालीन कर्फ्युको घोषणा गरेको छ । सोमबारदेखि तीन दिन सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९