बंगलादेशमा सरकार विरोधी प्रदर्शनमा मृतकको सङ्ख्या ९१ पुग्यो

ढाका, २१ साउन । बंगलादेशमा आइतबार भएको हिंसात्मक विरोध प्रदर्शनमा देशभरमा कम्तीमा ९१ जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै सडकमा हजारौँ प्रदर्शनकारीहरू उत्रिएका छन् । प्रदर्शनकारीहरूलाई तितर बितर पार्न प्रहरीले अश्रु ग्यास र रबरका गोली पनि प्रहार गरेको थियो ।

मर्नेमा कम्तीमा १३ जना प्रहरी पनि रहेको बताइएको छ । सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने मागसहित गएको महिना विश्वविद्यालयका विद्यार्थीहरू विरोध प्रदर्शनमा उत्रिएयता एकै दिनमा भएको यो अहिलेसम्मकै धेरै मृत्यु हो ।

यसअघि हिंसात्मक विरोध प्रदर्शनमा जुलाई १९ मा ६७ जनाको मृत्यु भएको थियो । आइतबार साँझ ६ बजेदेखि सरकारले अनिश्चितकालीन कर्फ्युको घोषणा गरेको छ । सोमबारदेखि तीन दिन सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर