प्रधानमन्त्रीद्वारा खेलाडी, क्यान र कलाकारसँग रंगशालावारे छलफल

काठमाडौँ, २० साउन । क्रिकेट रंगशालाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट संघ (क्यान) का पदाधिकारी र खेलाडीसँग छलफल गरेका छन् ।

आज बिहान प्रधानमन्त्री ओलीले बालुवाटारमै क्यानका पदाधिकारी, खेलाडी र खेलप्रेमी कलाकारसँग छलफल गरेका हुन् । छलफलपछि प्रधानमन्त्री ओलीले आफू उत्साहित भएको बताएका छन् ।

ओलीले आफू प्रधानमन्त्री बनेपछि पहिलो निर्णय नै त्रिवि क्रिकेट मैदान कीर्तिपुरको स्तरोन्नतिबारे निर्णय गरेका थिए । आइतबार भएको छलफलमा क्यानका सचिव पारस खड्का, पुरुष क्रिकेट टिमका खेलाडी, पूर्वक्रिकेटर शक्ति गौचन, कलाकार प्रकाश सपुत, रचना रिमाललगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ