प्रधानमन्त्रीद्वारा खेलाडी, क्यान र कलाकारसँग रंगशालावारे छलफल

काठमाडौँ, २० साउन । क्रिकेट रंगशालाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट संघ (क्यान) का पदाधिकारी र खेलाडीसँग छलफल गरेका छन् ।

आज बिहान प्रधानमन्त्री ओलीले बालुवाटारमै क्यानका पदाधिकारी, खेलाडी र खेलप्रेमी कलाकारसँग छलफल गरेका हुन् । छलफलपछि प्रधानमन्त्री ओलीले आफू उत्साहित भएको बताएका छन् ।

ओलीले आफू प्रधानमन्त्री बनेपछि पहिलो निर्णय नै त्रिवि क्रिकेट मैदान कीर्तिपुरको स्तरोन्नतिबारे निर्णय गरेका थिए । आइतबार भएको छलफलमा क्यानका सचिव पारस खड्का, पुरुष क्रिकेट टिमका खेलाडी, पूर्वक्रिकेटर शक्ति गौचन, कलाकार प्रकाश सपुत, रचना रिमाललगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने