लोकप्रियतावादले मात्रै नेतृत्व गर्न सकिँदैन : मन्त्री भट्टराई

काठमाडौँ, २० साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले लोकप्रियतावादले मात्रै समाजको नेतृत्व गर्न नसकिने बताएकी छिन् ।

पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले शिक्षकलाई अनावश्यक लाञ्छना लगाएर लोकप्रियता बटुले पनि समाजको नेतृत्व त्यसरी गर्न नसकिने बताएकी हुन् ।

उनले भनिन्, ‘शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउने, झोले हुन् भन्ने, बेठिक हुन् भन्ने । तिनै शिक्षकहरूले विद्यालय धान्नुपर्ने छ । लोकप्रियतावादी विचारले मात्रै समाजलाई नेतृत्व गर्न सक्दैन । हामी लोकप्रिय पनि हुनुपर्छ । व्यवहारिक पनि हुनुपर्छ ।’

उनले शिक्षामा राजनीतिकरण नभई दलीयकरण रहेको बताइन् । ‘शिक्षामा राजनीतिकरण होइन दलीयकरण छ । तपाईंले यो कुरा लेख्नुभयो भने मैले गाली खानुपर्छ । तर मैले भन्न खोजेको चाहिँ नीतिले त्यहाँ नेतृत्व गरेको छैन । कानुनले, संविधानले नेतृत्व गरेको छैन,’ उनले भनिन्, ‘नीतिले विश्वविद्यालय र विद्यालयको नेतृत्व नगर्दासम्म हाम्रो राज्यसँग शिक्षा क्षेत्र जोडिँदैन । राज्य र शिक्षा जोडिनुपर्‍यो । नेता र शिक्षा जोडिने होइन, दल र शिक्षा जोडिने होइन । त्यसपछि मात्रै शिक्षामा परिवर्तन सम्भव छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । प्रधामन्त्री बालेन शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका

काठमाडौँ, ३ भदौ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा रहेको बताएका छन् । आज

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठेको भन्दै

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन कार्यदल बनाएको छ । आज सभापति रवि