भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय खेल आज

काठमाडौँ, २० साउन । भारत र श्रीलङ्काबिचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खलाअन्तर्गत दोस्रो एकदिवसीय खेल कोलम्बोमा रहेको आर प्रेमदासा मैदानमा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे शुरु हुनेछ ।

यसअघि अस्ति शुक्रवार भएको पहिलो खेल बराबरीमा सकिएको थियो । श्रीलङ्काले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको भारत ४७ ओभर पाँच बलमा दुई सय ३० रनमा अलआउट हुँदा बराबरी भएको हो ।

शृङ्खलाको तेस्रो तथा अन्तिम खेल आउँदो बुधवार हुनेछ । एकदिवसीय शृङ्खलाअघि दुई देशबीच भएको तीन खेलको टी–२० शृङ्खला भारतले क्लिनस्विप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको