रास्वपा बन्द कार्यशालाले केन्द्रीय समितिलाई दियो १५ सुझाव (सूचीसहित)

काठमाडौँ, २० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द कार्यशालाले पार्टी केन्द्रीय समितिलाई २०८२ वैशाख तेस्रो साता महाधिवेशन गर्न सुझाव दिएको छ ।

पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले एक विज्ञप्तिमार्फत् शनिबार सम्पन्न दुईदिने बन्द कार्यशालाले दिएका सुझावहरू सार्वजनिक गरेका हुन् । पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्न आयोजित बन्द कार्यशालामा पार्टीको विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता लगायत ६ विषयमा छलफल भएको उनले बताए ।

यस्ता छन् कार्यशालाले कार्य समितिलाई १५ बुँदे सुझावः

  • २०८२ वैशाख तेस्रो साता महाधिवेशन गर्ने ।
  • आगामी असोज ३ र ४ गते राष्ट्रिय भेला आयोजना गर्ने ।
  • विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन आगामी भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेस गर्ने।
  • पार्टीको जिल्ला संयोजक तथा उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेला गरी जिल्ला तदर्थ समिति गठन गर्ने।
  • पार्टीको वाचापत्र लगायत अन्य दस्तावेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने।
  • शासकीय स्वरूपका विषयमा पार्टीभित्र छलफल गरी संविधान संशोधन समेतको विषयलाई दृष्टिगत गरी पार्टीको अवधारणा तयार गर्ने।
  • जनआवाज अभियान सञ्चालन गरी देशभरिको जनगुनासा तथा मुद्दाहरू संकलन गर्ने, सदनमा उठाउने र कार्यान्वयन भए/नभएको अनुगमन गर्ने।
  • पार्टीलाई प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय सभा, गोष्ठी लगायत कार्यक्रममा जाने व्यक्तिहरूको छनोटका लागि मापदण्ड तयार गर्ने।
  • पार्टीको केन्द्रीय अर्थ व्यवस्थापन समिति विस्तार गरी देश विदेशमा रहेका सबैलाई जोड्न ‘पार्टी पिल्लर्स’ को अवधारणा लागू गर्ने।
  • विधेयक मन्थन विभागलाई संसदमा दर्ता भएका विधेयकबारे आवश्यकताअनुसार प्रवासमा समेत छलफल चलाई सुझाव संकलन गर्ने।
  • क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीको विधान अनुसार भदौ मसान्तसम्म नियमावली र कार्यविधि तयार गर्ने।
  • पार्टीको मूल्य-मान्यता र आचारसंहिता आधारित दस्तावेजहरू पुनरवलोकन गरी सदस्यहरूबाट प्राप्त सुझावहरू समेत समेटी प्रशिक्षणको सामग्रीमा समावेश गर्ने।
  • देशका गाउँदेखि विदेशका सहरसम्मका नेपालीसँग भेटघाट अभियानको सुरूआत गर्ने।
  • चरणबद्ध रूपमा स्थानीय छाया सरकार गठनको अभ्यास थालनी गर्ने।
  • आगामी साता सातै प्रदेशमा बन्द कार्यशाला आयोजना र केन्द्रीय बन्द कार्यशालामा सहभागी भएका नेताहरू सहजीकरणका लागि सहभागी हुने।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप

काठमाडौँ, २८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको समय परिवर्तन भएको छ ।  यसअघिको समय परिवर्तन

काठमाडौँ, २८ माघ । नेकपा माओवादी केन्द्रले तीन जना प्रदेशस्तरीय नेतालाई पदमुक्त गरेको छ । गण्डकी प्रदेशमा कार्यरत गुप्त हमाल