बङ्गलादेशमा भएको प्रदर्शनमा ३२ जना बालबालिकाको मृत्यु भएको युनिसेफको ठहर

एजेन्सी, १९ साउन । बङ्गलादेशमा सरकारी जागिरमा कोटा प्रणालीको विरोध गर्दै भएको आन्दोलनमा हिंसा भड्किदा ज्यान गुमाउनेमध्ये कम्तीमा ३२ जना बालबालिका रहेका पाइएको छ ।

एक हप्ता अघि भएको हिंसामा ज्यान गुमाएका दुई सय भन्दा धेरै व्यक्तिमध्ये कम्तीमा ३२ जना बालबालिका रहेका संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफले जनाएको छ । सुरक्षाफौजले आन्दोलन दबाउन बल प्रयोग गर्दा एक जना पाँच वर्षकासहित ३२ जना बालबालिका रहेका पुष्टि भएको युनिसेफको प्रतिबेदनमा उल्लेख छ ।

यस्तै केही बालबालिकालाई थुनामा राखेको भन्दै युनिसेफले बङ्गलादेश सरकारलाई सचेत गराएको छ । सर्वोच्च अदालतको आदेशपछि सरकारले कोटा प्रणालीलाई फिर्ता लिएको छ । तर विद्यार्थीहरूले ज्यान गुमाएका, घाइते भएका र थुनामा परेकाहरुको न्यायको माग गर्दै आन्दोलन गरिरहेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । ललितपुरको रामबाग महल भनिमण्डलमा बस्ने बैठक तीन दिनसम्म

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा