बङ्गलादेशमा भएको प्रदर्शनमा ३२ जना बालबालिकाको मृत्यु भएको युनिसेफको ठहर

एजेन्सी, १९ साउन । बङ्गलादेशमा सरकारी जागिरमा कोटा प्रणालीको विरोध गर्दै भएको आन्दोलनमा हिंसा भड्किदा ज्यान गुमाउनेमध्ये कम्तीमा ३२ जना बालबालिका रहेका पाइएको छ ।

एक हप्ता अघि भएको हिंसामा ज्यान गुमाएका दुई सय भन्दा धेरै व्यक्तिमध्ये कम्तीमा ३२ जना बालबालिका रहेका संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफले जनाएको छ । सुरक्षाफौजले आन्दोलन दबाउन बल प्रयोग गर्दा एक जना पाँच वर्षकासहित ३२ जना बालबालिका रहेका पुष्टि भएको युनिसेफको प्रतिबेदनमा उल्लेख छ ।

यस्तै केही बालबालिकालाई थुनामा राखेको भन्दै युनिसेफले बङ्गलादेश सरकारलाई सचेत गराएको छ । सर्वोच्च अदालतको आदेशपछि सरकारले कोटा प्रणालीलाई फिर्ता लिएको छ । तर विद्यार्थीहरूले ज्यान गुमाएका, घाइते भएका र थुनामा परेकाहरुको न्यायको माग गर्दै आन्दोलन गरिरहेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ बैशाख । शिक्षकहरू चढेको बस झापामा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।  प्रहरीका अनुसार काठमाडौँबाट झापा

काठमाडौँ, १३ वैशाख । राष्ट्रिय महिला महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाको दुई वर्षे कार्यप्रगति विवरण सार्वजनिक गरिएको छ ।

झापा, १३ बैशाख । मेचीनगर नगरपालिकाले स्थानीय बजार र सहकारीको अनुगमन तीव्र बनाएको छ । अनुगमनका क्रममा त्रुटी भेटिएका व्यवसायीलाई

काठमाडौँ, १३ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।