काठमाडौँ, १९ साउन । मोडल तथा अभिनेत्री सना मकबुल ‘बिग बोस ओटीटी ३’ को विजेता बनेकी छिन् ।
शुक्रबार भएको ग्रान्ड फिनालेमा सानाले र्यापर नेजीलाई पराजित गरेकी हुन् । विजेताका रूपमा सानाले ट्रफी र २५ लाख रुपैयाँ हात पारिन् ।
ट्रफी जितेपछि साना भावुक बनेकी थिइन् । उनले त्यहाँ उपस्थित आमालाई अँगालो हालिन् । सनाकी बहिनी र कथित प्रेमी श्रीकान्त बुरेड्डी पनि उनलाई समर्थन गर्न सेटमा उपस्थित थिए ।
र्यापर नेजी फर्स्ट र रणवीर शोरी यस सिजनका सेकेन्ड रनरअप बने । कृतिका मलिक र साई केतन राव पहिले नै शीर्ष ५ बाट बाहिर भएका थिए । इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा सानाले भनिन्, ‘म शोको पहिलो दिनदेखि नै ट्रफी जित्न चाहन्थेँ र निरन्तर प्रयासरत थिएँ । आज जब मैले यो जितेको छु, म धेरै आभारी छु । धेरैले मेरो बारे टिप्पणी गरिरहे तर आज मैले यो ट्रफी जितेर सबैलाई जवाफ दिएको छु ।’