नेपाली कांग्रेस कास्कीद्वारा पोखराको विकासबारे ध्यानाकर्षण

काठमाडौँ, १९ साउन । पर्यटन राजधानी पोखराको विकास र समुन्नतिका सन्दर्भमा नेपाली कांग्रेस कास्कीले काठमाडौँमा सङ्घीय मन्त्री तथा मन्त्रालयका कर्मचारीहरुसँग भेटघाट गर्नुका साथै परामर्शका साथ यहाँका समस्याबारे जानकारी गराएको छ ।

नेपाली कांग्रेस कांस्कीका सभापति किशोरदत्त बरालको नेतृत्वमा पार्टी पदाधिकारी, गण्डकी प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री, विज्ञहरू, उद्योगी, व्यापारी, काठमाडौँमा रहेका पार्टी प्रतिनिधि सम्मिलित टोलीले सङ्घीय मन्त्रालयमा पुुगी पोखरा क्षेत्रको विकास र समुन्नतिका विषयमा ध्यानाकर्षण गराएको हो ।

गृह, शिक्षा, स्वास्थ्य, परराष्ट्र, सहरी विकास, संस्कृति तथा पर्यटन मन्त्रालयमा भएका  भेटघाट र परामर्शमा मन्त्रीहरूले विकास र समुन्नतिका सन्दर्भमा चासो देखाउँदै त्यसमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको टोलीमा सम्मिलित नेपाली कांग्रेसकी केन्द्रीय सदस्य शारदा पौडेलले बताइन् ।

प्रदेशको राजधानीका साथै पर्यटन राजधानी पोखराको विकासले समग्र नेपालको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पर्यटन विकासमा सहजीकरण गर्न यो भेटघाट र परामर्श महत्वपूर्ण रहेको बताए । विभिन्न चरणमा भएका भेटघाट र परामर्शमा पोखराको पर्यटन, सहरी विकास र स्वास्थ्यसम्बन्धी विषयलाई टड्कारो रुपमा उठाइएको नेतृ पौडेलले बताइन् ।

भेटमा कोरला र वाल्मीकि नगरको उत्तर दक्षिण नाका खोलेर ‘इन्टरसिटी ट्रेड कनेक्टीभिटी’ बढाउने, पोखरामा महावाणिज्य दूतावास खोल्ने, भारत र चीनका नजिकका सहरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाईसेवा सञ्चालन गर्ने र चीनसँग भएको हवाई सम्झौता कार्यान्वयनमा ल्याउनेलगायतका विषय उठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार

काठमाडौँ, १ जेठ । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । आज अर्थ

काठमाडौँ, १ जेठ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौँ, १ जेठ । स्वतन्त्र सांसद अमरेश सिंहले डेपुटी गभर्नर नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो भनेर प्रश्न