नवनियुक्त तीन राज्यमन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौँ, १८ साउन । नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ दिएका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन् ।

शपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ छन् ।

शपथग्रहण कार्यक्रममा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, मुख्यसचिव, उच्चपदस्थ अधिकारीलगायत सहभागी थिए । योसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री ओली नेतृत्वमा रहेको मौजुदा मन्त्रिपरिषद्मा तीन राज्यमन्त्री थपिएसँगै मन्त्रिपरिषद्को संख्या २५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा