राष्ट्र बैंकले गर्‍यो आयात सहजीकरण

काठमाडौँ, १८ साउन । नेपाल राष्ट्र बैंकले भारत बाहेक तेस्रो मुलुकबाट परिवर्त्य विदेशी मुद्रामा भुक्तानी हुने गरी ‘डकुमेन्ट एगेन्स्ट पेमेन्ट’ (डीएपी) र ‘डकुमेन्ट एगेन्स्ट एसेप्टेन्स’ (डीएए) को माध्यमबाट हुने आयातको सीमा बढाएको छ ।

राष्ट्र बैंकले विदेशीय विनिमय कारोबार सम्बन्धमा जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै उक्त सीमा बढाएको हो ।

राष्ट्र बैंकले परिवर्त्य विदेशी मुद्रामा डीएपी र डीएए मार्फत् आयात गर्ने सीमा ६० हजार अमेरिकी डलरबाट बढाएर १ लाख अमेरिकी डलर पुर्‍याएको छ । यस्तै ड्राफ्ट र टीटीको माध्यमबाट हुने आयातको सीमा समेत राष्ट्र बैंकले बढाएको छ ।

मौद्रिक नीतिको घोषणा अनुसार विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै प्रतिपत्रबिना ड्राफ्ट र टीटीको माध्यमबाट हुने आयातको सीमा ३५ हजार अमेरिकी डलरबाट ५० हजार अमेरिकी डलर पुर्‍याएको हो ।

यस्तै राष्ट्र बैंकले व्यवसायीलाई बैंकबाट चाँदी खरिद गर्दा १ किलोको कोटा हटाएको छ । सुनचाँदीको कारोबारमा संलग्न व्यवसायीले गरगहना, हस्तकला लगायतका सामान बनाउन आफूलाई आवश्यक पर्ने चाँदी बैंकहरूबाट १ लाख अमेरिकी डलर मूल्यसम्मको चाँदी खरिद गर्न सक्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित हुन नसक्ने बताएका छन्

काठमाडौँ, २८ माघ । प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, २८ माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौँ, २८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको समय परिवर्तन भएको छ ।  यसअघिको समय परिवर्तन