राष्ट्र बैंकले गर्‍यो आयात सहजीकरण

काठमाडौँ, १८ साउन । नेपाल राष्ट्र बैंकले भारत बाहेक तेस्रो मुलुकबाट परिवर्त्य विदेशी मुद्रामा भुक्तानी हुने गरी ‘डकुमेन्ट एगेन्स्ट पेमेन्ट’ (डीएपी) र ‘डकुमेन्ट एगेन्स्ट एसेप्टेन्स’ (डीएए) को माध्यमबाट हुने आयातको सीमा बढाएको छ ।

राष्ट्र बैंकले विदेशीय विनिमय कारोबार सम्बन्धमा जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै उक्त सीमा बढाएको हो ।

राष्ट्र बैंकले परिवर्त्य विदेशी मुद्रामा डीएपी र डीएए मार्फत् आयात गर्ने सीमा ६० हजार अमेरिकी डलरबाट बढाएर १ लाख अमेरिकी डलर पुर्‍याएको छ । यस्तै ड्राफ्ट र टीटीको माध्यमबाट हुने आयातको सीमा समेत राष्ट्र बैंकले बढाएको छ ।

मौद्रिक नीतिको घोषणा अनुसार विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै प्रतिपत्रबिना ड्राफ्ट र टीटीको माध्यमबाट हुने आयातको सीमा ३५ हजार अमेरिकी डलरबाट ५० हजार अमेरिकी डलर पुर्‍याएको हो ।

यस्तै राष्ट्र बैंकले व्यवसायीलाई बैंकबाट चाँदी खरिद गर्दा १ किलोको कोटा हटाएको छ । सुनचाँदीको कारोबारमा संलग्न व्यवसायीले गरगहना, हस्तकला लगायतका सामान बनाउन आफूलाई आवश्यक पर्ने चाँदी बैंकहरूबाट १ लाख अमेरिकी डलर मूल्यसम्मको चाँदी खरिद गर्न सक्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । पोखरास्थित फेवा तालबाट एसएलआर बन्दुक र १८ राउण्ड गोली प्रहरीले बरामद गरेको छ । जाल हान्ने

काठमाडौँ, १ फागुन । मोरङमा एक जना पुरुष मृत फेला परेका हुन् । प्रहरीक अनुसार उर्लाबारी नगरपालिका–७ स्थित मावाखोलामा सोही

काठमाडौँ, १ फागुन । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको

काठमाडौँ, १ फागुन । रौतहटमा नक्कली नेपाली हजार दरका १४ थान नोटसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय