‘रावायण’को टिजर सार्वजनिक

काठमाडौँ, १८ साउन । फिल्म ‘रावायण’को टिजर सार्वजनिक भएको छ ।

भदौ २१ गतेबाट रिलिज हुने फिल्म आज काठमाडौँमा एक कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा नायक पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ । खलपात्रका रूपमा देखिएका प्रमोद अग्रहरि, प्रकाश शाह, प्रदीप ढकाललाई सशक्त रुपमा प्रस्तुत गरिएको छ । टिजरमा नायिका पूजा शर्मा, प्रियंका कार्की, निकिता चण्डक पनि अटाएका छन् । 

फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका छन् । फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, रोजिता पराजुलीलगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका