काठमाडौँ, १८ साउन । फिल्म ‘रावायण’को टिजर सार्वजनिक भएको छ ।
भदौ २१ गतेबाट रिलिज हुने फिल्म आज काठमाडौँमा एक कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो ।
टिजरमा नायक पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ । खलपात्रका रूपमा देखिएका प्रमोद अग्रहरि, प्रकाश शाह, प्रदीप ढकाललाई सशक्त रुपमा प्रस्तुत गरिएको छ । टिजरमा नायिका पूजा शर्मा, प्रियंका कार्की, निकिता चण्डक पनि अटाएका छन् ।
फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका छन् । फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, रोजिता पराजुलीलगायतको अभिनय रहेको छ ।