मणि थापा एमालेबाट पदमुक्त

काठमाडौँ, १८ साउन । मणि थापा एमालेबाट पदमुक्त भएका छन् ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार नेकपा (एमाले) को स्थायी कमिटी रहेका उनी पदमुक्त भएका हुन् ।

उनी २०७९ को निर्वाचनदेखि पार्टीमा निष्क्रिय रहँदै आएका थिए । २०८० को साउनमा बसेको सचिवालय बैठकले पार्टीमा निष्क्रिय भएकोबारे सोधपुछ गर्ने निर्णय गरेको थियो ।

बिहीबार बसेरा होटलमा बसेको एमाले सचिवालयको ३४ औं बैठकले स्थायी कमिटीको दुई रिक्त सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गरिसकेको छ । न्यौपाने एकीकृत समाजवादी छोडेर एमालेमा आएका थिए । श्रेष्ठ पोलिट्ब्यूरोबाट बढुवा भएका हुन् ।

यसअघि स्थायी कमिटी सदस्य रहेका गुरू बराल उपाध्यक्ष मनोनीत भएपछि उनको स्थान खाली भएको थियो । अर्को मणि थापा पद मुक्त भएपछि ठाउँ खाली भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा रहेको बताएका छन् । आज

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठेको भन्दै

काठमाडौँ, ३ भदौ । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको

काठमाडौँ, ३ भदौ । बागमती सरकार गठनका लागि एमालेका किरण थापामगरले दाबी पेस गरेका गरेका छन् । नेपालको संविधान धारा