स्वर्णिम वाग्लेलाई पार्टीबाट निष्कासन गरिनुपर्छ : मुकुल ढकाल

काठमाडौँ, १८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निलम्बित महामन्त्री मुकुल ढकालले उपसभापति स्वर्णिम वाग्लेलाई पार्टीबाट निष्कासन गर्नुपर्ने बताएका छन् ।

आज सामाजिक सञ्जालमा लेख्दै उनले वाग्लेको अभिव्यक्ति राष्ट्रियताको पक्षमा नभएको उल्लेख गरेका छन् । “कहिले सेनाको बारेमा, कहिले मनरो डक्ट्रिन त कहिले भुटानीकरण गरेर पटकपटक राष्ट्रघाति एवं देशद्रोही अभिव्यक्ति दिइरहेका व्यक्तिलाई पार्टीबाट बर्खास्त गरी पार्टीलाई राष्ट्रियताको पक्षमा सदा अडिग रहने शक्तिको रूपमा विकास गर्नुपर्छ,” उनले लेखेका छन् । 

ढकालले आफूमाथि छापामार शैलीमा राजनीतिक आक्रमण भएको र प्रतिरक्षाको शैलीमा अञ्जानबस् प्रस्तुति गल्ती भएको स्वीकार गरेका छन् । तर, आफूले एक शब्द झुटो नबोलेको भन्दै प्रमाण दिन तयार रहेको बताएका छन् । 

“प्रस्तुतिमा शैलीजन्य केही त्रुटिहरू प्रतिरक्षाका क्रममा मबाट भएकै छन् । तर मैले यो बीचमा जे जति कुराहरू बोलेको छु, एक शब्द झुटो बोलेको छैन । मैले झुटो बोलेको छैन भनेर सावित गर्न जुनसुकै परीक्षण दिन पनि तयार छु,” उनले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for