स्वर्णिम वाग्लेलाई पार्टीबाट निष्कासन गरिनुपर्छ : मुकुल ढकाल

काठमाडौँ, १८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निलम्बित महामन्त्री मुकुल ढकालले उपसभापति स्वर्णिम वाग्लेलाई पार्टीबाट निष्कासन गर्नुपर्ने बताएका छन् ।

आज सामाजिक सञ्जालमा लेख्दै उनले वाग्लेको अभिव्यक्ति राष्ट्रियताको पक्षमा नभएको उल्लेख गरेका छन् । “कहिले सेनाको बारेमा, कहिले मनरो डक्ट्रिन त कहिले भुटानीकरण गरेर पटकपटक राष्ट्रघाति एवं देशद्रोही अभिव्यक्ति दिइरहेका व्यक्तिलाई पार्टीबाट बर्खास्त गरी पार्टीलाई राष्ट्रियताको पक्षमा सदा अडिग रहने शक्तिको रूपमा विकास गर्नुपर्छ,” उनले लेखेका छन् । 

ढकालले आफूमाथि छापामार शैलीमा राजनीतिक आक्रमण भएको र प्रतिरक्षाको शैलीमा अञ्जानबस् प्रस्तुति गल्ती भएको स्वीकार गरेका छन् । तर, आफूले एक शब्द झुटो नबोलेको भन्दै प्रमाण दिन तयार रहेको बताएका छन् । 

“प्रस्तुतिमा शैलीजन्य केही त्रुटिहरू प्रतिरक्षाका क्रममा मबाट भएकै छन् । तर मैले यो बीचमा जे जति कुराहरू बोलेको छु, एक शब्द झुटो बोलेको छैन । मैले झुटो बोलेको छैन भनेर सावित गर्न जुनसुकै परीक्षण दिन पनि तयार छु,” उनले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको

काठमाडौँ, २८ माघ । नेपालमा सञ्चालनमा रहेका गैरनाफामूलक संस्था (एनजीओ/आईएनजीओ) को कारोबारलाई पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन लागू हुने भएको छ ।

काठमाडौँ, २८ माघ । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन

काठमाडौँ, २७ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा ठूलो आन्दोलनको आवश्यकता महशुस हुन थालेको बताएका छन्