काठमाडौँमा नयाँ फिल्म हल संचालनमा

काठमाडौँ, १८ साउन । काठमाडौँमा नयाँ फिल्म हल संचालनमा  आएको छ ।

सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनले नयाँ हल खोलेको हो । बिहीबार साँझ आयोजित एक समारोहबिच अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जितु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत र अभिनेत्री नीति शाहले हलको संयुक्त उद्घाटन गरे ।

तीनवटा पर्दाका साथ विभिन्न सुविधा सहित खुलेको हलमा ४ सय ९७ दर्शकले एकसाथ फिल्म हेर्न सक्छन् । सिटी स्क्वायर मलको नौ तल्लामा खुलेको हलको हरेक पर्दामा सोफा सेट सहित सुतेर फिल्म हेर्न मिल्ने सिटहरू जडान छ ।

३ पर्दा रहेको हलको सिट संख्या ४९५ छ । यो सँगै काठमाडौँ उपत्यकामा क्यूएफएक्स हलको संख्या ७ र काठमाडौँबाहिर १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत लेवनानमा खटिएका नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको छ ।   फागुन ३ गते

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

काठमाडौँ, ४ फागुन । विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने

भक्तपुर, ३ फागुन । नेकपा (एमाले)को पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतले पछिल्लो समय नयाँ शक्ति र स्वतन्त्रको नाममा आएका