काठमाडौँमा नयाँ फिल्म हल संचालनमा

काठमाडौँ, १८ साउन । काठमाडौँमा नयाँ फिल्म हल संचालनमा  आएको छ ।

सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनले नयाँ हल खोलेको हो । बिहीबार साँझ आयोजित एक समारोहबिच अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जितु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत र अभिनेत्री नीति शाहले हलको संयुक्त उद्घाटन गरे ।

तीनवटा पर्दाका साथ विभिन्न सुविधा सहित खुलेको हलमा ४ सय ९७ दर्शकले एकसाथ फिल्म हेर्न सक्छन् । सिटी स्क्वायर मलको नौ तल्लामा खुलेको हलको हरेक पर्दामा सोफा सेट सहित सुतेर फिल्म हेर्न मिल्ने सिटहरू जडान छ ।

३ पर्दा रहेको हलको सिट संख्या ४९५ छ । यो सँगै काठमाडौँ उपत्यकामा क्यूएफएक्स हलको संख्या ७ र काठमाडौँबाहिर १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate