‘सिधा कुरा’ विरुद्धको अवहेलना मुद्दामा भदौ ६ गते फैसला हुने

काठमाडौँ, १७ साउन । ‘सिधा कुरा’ मिडियाविरुद्धको अदालतको अवहेलना मुद्दामा फैसलाको मिति तोकिएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नेतृत्वमा गठित ९ सदस्यीय बृहत्‌पूर्ण इजलासले १५ दिनभित्र बहस नोट पेस गर्न आदेश जारी गर्दै भदौ ६ गतेलाई फैसलाको मिति तोकेको हो ।

‘सिधा कुरा’ले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेको सामग्रीमा सर्वोच्च अदालतका न्यायाधीशसमेत संलग्न भएर भ्रष्टाचारका मुद्दा खारेज गर्ने सेटिङ गरेको दाबी गरिएको थियो । तर, प्रसारित सामग्रीमा प्रयोग भएको अडियो फरेन्सिक परीक्षणबाट फेक प्रमाणित भइसकेको छ ।

सिधा कुराविरुद्ध सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले अदालतको अवहेला भएको दाबीसहित रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरुलाई आइफोन दिन लागेको विषय भ्रामक भएको

काठमाडौँ, ६ बैशाख । गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदसँग सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल गरेका छन् ।

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ५ बैशाख । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्ने बताएका छन् । आज केसीले सामाजिक