एमालेमा थपिए १७ जना केन्द्रीय सदस्य (नामावलीसहित)

काठमाडौँ, १७ साउन । नेकपा (एमाले)मा १७ जना केन्द्रीय सदस्य थपिएको छ ।

आज बसेको पार्टी सचिवालय बैठकबाट १७ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

यस्तै, बैठकबाट एमाले उपाध्यक्ष पदमा गुरु बराललाई मनोनयन गरिएको छ ।

थपिएका केन्द्रीय सदस्यहरु:
१. सुवास कर्माचार्य – सिन्धुपाल्चोक 
२. कुन्दन कुशवाह, 
३. जितेन्द्र देव – सुनसरी
४. रामप्रीत पासवान – सिरहा
५. कृष्णभक्त पोखरेल – चितवन
६. कमलकृष्ण तिमिल्सिना – अछाम
७. गोविन्द पुन – सल्यान
८. केदार सिग्देल – तनहुँ
९. मनमोहन पौडेल – पर्वत
१०. भरदेव जोशी – दार्चुला
११. हरि उप्रेती – सर्लाही
१२. इन्द्र भण्डारी – झापा
१३. महेश बर्तौला – मकवानपुर
१४. सरिता भुसाल – किसान महासंघ
१५. प्रभा बराल – कास्की
१६. मञ्जु शर्मा चालिसे – बागलुङ
१७ आशा जवेगु – पाँचथर 

त्यस्तै आज बसेको बैठकले प्रदेश इन्चार्जहरु तोकेको छ । बैठकले कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ माघ । इजरायली सेना नेत्जारिम करिडोरबाट फिर्ता हुन थालेका छन् । प्यालेस्टिनी विद्रोही समूह हमाससँगको युद्धविराम सम्झौता अनुसार इजरायली

एजेन्सी, २७ माघ । इजरायल र हिजबुल्लाहबीच भएको युद्धविरामकाबीच पूर्वी लेबनानमा इजरायलले आक्रमण जारी राखेको छ । पछिल्लो समय इजरायलले

एजेन्सी, २६ माघ । प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ । युद्धविराम लागू भएपछिको

इस्लामाबाद, २६ माघ । पाकिस्तानी सुरक्षा बलले शुक्रबार देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान आदिवासी जिल्लामा गरिएको कारबाहीमा तीन