प्रधानमन्त्री ओलीले सेप्टेम्बरमा थाइल्यान्ड र अमेरिकाको भ्रमण गर्ने 

काठमाडौँ, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो सेप्टेम्बरमा थाइल्यान्ड र अमेरिकाको भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईका अनुसार प्रधानमन्त्री ओलिले पहिला थाइल्यान्ड र त्यसपछि अमेरिकाको भ्रमण गर्ने भएका छन् । थाइल्यान्डले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सेप्टेम्बर ४ मा बैंककमा आयोजना गर्दै छ । उक्त सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्यान्ड जान लागेका हुन् ।

बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड गरी सात राष्ट्र सदस्य छन् । शिखर सम्मेलन हुनका निम्ति सबै सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ ।

सेप्टेम्बरमा नै प्रधानमन्त्री ओलीले अमेरिकाको भ्रमण गर्ने तयारी पनि परराष्ट्रले गरिरहेको छ । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जान लागेका हुन् । सेप्टेम्बर २४ देखि ३० सम्म राष्ट्रसंघको महासभालाई सदस्य राष्ट्रका राष्ट्रध्यक्ष एवं सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सार्वजनिक बिदा दुई दिन हुँदा स्वास्थ्य शिक्षा र कार्यालयमा परेको प्रभाव सरकारलाई

काठमाडौँ, ५ असोज । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी असोज महिनाभित्रै विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) सुचारु हुने बताएका छन्

काठमाडौँ, ५ असोज । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस