बङ्गलादेशमा पीडितहरूको न्यायका लागि फेरि विद्यार्थी आन्दोलन शुरु

एजेन्सी, १७ साउन । बङ्गलादेशमा पछिल्लो विरोध प्रदर्शनका क्रममा पीडित भएकाहरूको न्यायका लागि भन्दै विद्यार्थीले फेरी आन्दोलन शुरु गरेका छन् । न्यायको माग गरेर भइरहेको प्रदर्शनका क्रममा  प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच झडप भएको छ ।

उत्तर–पूर्वी शहर सिल्हेटका एक अधिकारीले प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि उनीहरुतर्फ  अश्रुग्यास छर्न बाध्य भएको बताएका छन् । राजधानी ढाका र अन्य शहरमा पनि झडप भएको बीबीसीले जनाएको छ । रोजगारीमा कोटा प्रणाली हटाउनुपर्ने माग गर्दै बङ्गलादेशमा विद्यार्थीले गरेका पछिल्लो आन्दोलनमा २ सय जनाभन्दा धेरैको ज्यान गएको थियो ।

यस्तै झण्डै १० हजार मानिसलाई पक्राउ गरिएको विद्यार्थीको आरोप छ । पक्राउ परेकाहरुको रिहाइका लागि विद्यार्थीले फेरी आन्दोलन शुरु गरेका हुन् । उनीहरूले सामुहिक हत्या, पक्राउ, आक्रमण तथा बेपत्ता पार्ने कामविरुद्ध प्रदर्शन गरेको बताएका छन् । यसैबीच, बङ्गलादेश सरकारले जमात ए इस्लामी पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कट्टरपन्थी पार्टी जमात ए इस्लामीले विद्यार्थी आन्दोलनको फाइदा उठाएको प्रधानमन्त्री शेख हसिना सरकारले आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत लेवनानमा खटिएका नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको छ ।   फागुन ३ गते

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

काठमाडौँ, ४ फागुन । विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने

भक्तपुर, ३ फागुन । नेकपा (एमाले)को पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतले पछिल्लो समय नयाँ शक्ति र स्वतन्त्रको नाममा आएका