कसैलाई जोगाउन वा फसाउन प्रहरी दुरुपयोग हुनेछैन : गृहमन्त्री लेखक

काठमाडौँ, १७ साउन । गृहमन्त्री रमेश लेखकले प्रहरी प्रशासनमा कुनै पनि हस्तक्षेप नहुने बताएका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार मन्त्री लेखकले प्रहरी प्रशासनमाथि हस्तक्षेप गरेर कसैलाई जोगाउने वा कसैलाई फसाउनका निम्ति दुरुपयोग नगरिने स्पष्ट पारेका हुन् । 

लेखकले भने, ‘प्रहरी संगठनको, प्रशासनको, सरकारका कुनै पनि अंग–प्रत्यंगको दुरुपयोग गरिने छैन, दुरुपयोग हुन दिइने छैन । कसैलाई जोगाउन, कसैलाई नजोगाउन कुनै पनि रूपले प्रहरी प्रशासनलाई दुरुपयोग हुन दिइने छैन ।’

संसदीय समितिमा जनाइएअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी श्याम ज्ञवालीमाथि छानबिन सुरु भएको छ । गृहमन्त्री लेखकले एआईजी ज्ञवालीमाथिको छानबिन प्रहरी संगठनभित्रको नियमित प्रक्रिया भएको बताए ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरले आन्तरिक प्रशासनिक कार्यअन्तर्गत उक्त छानबिन भइरहेको बताए । राज्यव्यवस्था समिति सभापति रामहरि खतिवडाले सीआईबी प्रमुखमाथिको छानबिनबारे सोधेको प्रश्नको जवाफमा महानिरीक्षक कुँवरले भने, ‘यो विषयले तालुक कार्यालयबाट आएको पत्रका आधारमा आन्तरिक प्रशासनिक कोर्स लिएको छ, यसबारे म यत्ति भन्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा