कसैलाई जोगाउन वा फसाउन प्रहरी दुरुपयोग हुनेछैन : गृहमन्त्री लेखक

काठमाडौँ, १७ साउन । गृहमन्त्री रमेश लेखकले प्रहरी प्रशासनमा कुनै पनि हस्तक्षेप नहुने बताएका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार मन्त्री लेखकले प्रहरी प्रशासनमाथि हस्तक्षेप गरेर कसैलाई जोगाउने वा कसैलाई फसाउनका निम्ति दुरुपयोग नगरिने स्पष्ट पारेका हुन् । 

लेखकले भने, ‘प्रहरी संगठनको, प्रशासनको, सरकारका कुनै पनि अंग–प्रत्यंगको दुरुपयोग गरिने छैन, दुरुपयोग हुन दिइने छैन । कसैलाई जोगाउन, कसैलाई नजोगाउन कुनै पनि रूपले प्रहरी प्रशासनलाई दुरुपयोग हुन दिइने छैन ।’

संसदीय समितिमा जनाइएअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी श्याम ज्ञवालीमाथि छानबिन सुरु भएको छ । गृहमन्त्री लेखकले एआईजी ज्ञवालीमाथिको छानबिन प्रहरी संगठनभित्रको नियमित प्रक्रिया भएको बताए ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरले आन्तरिक प्रशासनिक कार्यअन्तर्गत उक्त छानबिन भइरहेको बताए । राज्यव्यवस्था समिति सभापति रामहरि खतिवडाले सीआईबी प्रमुखमाथिको छानबिनबारे सोधेको प्रश्नको जवाफमा महानिरीक्षक कुँवरले भने, ‘यो विषयले तालुक कार्यालयबाट आएको पत्रका आधारमा आन्तरिक प्रशासनिक कोर्स लिएको छ, यसबारे म यत्ति भन्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ । गत चैत २० मा शिक्षा

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ देखि जिल्ला अधिवेशन प्रारम्भ गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले

काठमाडौँ, ६ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन्

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुरानो क्रियाशील खारेज गर्ने नभई अद्यावधिक गर्न लागिएको बताएका छन् ।