ठमेललाई ‘रहरलाग्दो र भरलाग्दो’ बनाउने अभियान शुरु

काठमाडौँ, १६ साउन । ठमेल पर्यटन विकास परिषदद्वारा ठमेललाई आन्तरिक तथा बाह्य पर्यटनमैत्री वातावरण निर्माण गर्न शुरु गरिएको छ ।

परिषदद्वारा ठमेल क्षेत्रको शान्ति सुरक्षालाई सहज बनाउन, ट्राफिक व्यवस्थापनरपार्कीङलाई व्यवस्थित गर्न, सडक बालबालिका तथा माग्नेहरुलाई हटाई ठमेल क्षेत्रमा आउनु हुने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सहज तरिकाबाट आवत जावत गराउँनको लागि ठमेल क्षेत्रमा हिजोदेखी प्रचारप्रसार तथा सन्देश प्रवाह गर्दै शुरु गरिएको छ । २० जना सुरक्षागार्डहरु राखी यस पर्यटकीय ठमेल क्षेत्रलाई व्यवस्थित बनाउन लागिएको नवनिर्वाचित परिषद्का अध्यक्ष ध्रुव अधिकारीले बताउनुभयो ।

‘ठमेलमा आउने आन्तरिक तथा वाह्य पर्टकलाई सहज होस भन्ने हेतुले ठमेलमा आउने खालि ट्याक्सि ब्यवस्थापन, पार्किङ्ग, मोटरसाईकल, मगन्ते, हकर, सडक वालवालिका तथा अनावश्यक हर्कत लगायतका शान्ति सुरक्षामा सहयोग पुग्ने हेतुले २० जानाको संख्यामा सिभिल सेक्युरिटी राखिएको छ’, उहाँले भन्नुभयो, ‘दिन तथा रातमा खटिने सेकुरिटीलाई आदरणीय ठमेलका घरधनी तथा ब्यवसायी ज्यूहरुले आवश्यक सहयोग तथा सहजिकरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।’

उक्त कार्यको लागि ठमेलमा माइकिङ तथा विभिन्न प्रकारका प्रचारप्रसाहरु गर्न थालिएको छ । पर्यटकलाई आकर्षण गरी व्यवसायीक उन्नतीको लागि मात्र नभई देशको आर्थिक अवस्थालाई दरविलो बनाउने आधारस्तम्भ रहेको बताइएको छ । ठमेलमा हाल हजारौंको संख्यामा रोजगारी सिर्जना समेत गरिएको उल्लेख गर्दै अध्यक्ष अधिकारीले आगामी दिनमा व्यवस्थित र प्रभावकारी ढंगले अगाडी बढे ठमेल रहरलाग्दोमात्र नभई पर्यटक तथा व्यवसायीको लागि भरलाग्दो हुने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । सत्तापक्षका केही दलको साथ नपाएपछि सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

हेटौँडा, ३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताप्रति इमानदार भएर

काठमाडौँ, ३ फागुन । पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल घाइते