‘भक्तपुरवासीको दुखाईमा महेश बस्नेतद्वारा मलम’

भक्तपुर, १६ साउन । रमेश गिरी/वीरेन चौलागाई । मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, संगम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा रातीदेखि नै त्रासमा परे । बस्ती भित्र पानी पस्न थाले पछि कोही रातीनै भुईतलाको सामानहरु माथिल्लो तलामा सार्न थाले ।

कोही गाडी सुरक्षित गर्न हाइटतर्फ गाडी लान थाले । अण्डरग्राउण्डमा रहेका पसल तथा साना उद्योगहरुमा सामानहरु हेर्दा हेर्दैं डुबायो, कतिपयले सामान सुरक्षित स्थानमा सार्न भ्याए, मध्यरातीदेखि पानी पसेकाले धेरैको सामानहरु क्षति भयो । यो क्षेत्रमा हनुमन्ते खोला पसेको होइन, कमेरोटार जग्गा एकीकरण आयोजना र मध्यपुर थिमि नगरपालिकाको चरम लापर्वाही र भ्रष्टाचारको पराकाष्ट देखिएको हो, बिहान डुबानमा परेको सामान सार्दै संगम कोलोनीका बासिन्दा आक्रोसित हुँदैथिए ।

जमिन सहतबाट चार फिटसम्मको उचाईमा सडकहुँदै घरघरमा पानी पसेपछि स्थानीय आक्रोसित बनेका हुन् । संगम कोलोनीमा रहेको आडाम्सका अध्यक्ष एकराज भण्डारीले आयोजनाको लापर्वाहीले जनताले दुःख पाएको बताउँदै तीन वर्षमा सक्ने भनिएको आयोजना २१ वर्षमा पनि नसक्दा जनताले डुबान खेप्नु परेको उहाँले बताउनुभयो । कमेरोटार संयोजन समाजका अध्यक्ष इन्द्र श्रेष्ठले आयोजनाले लार्पबाही गरेर सानो ढल हाल्दा ढलबाट पानी छेडेर बस्तीमा पसेको बताउनुभयो । त्यसमाथि पनि मध्यपुरथिमि नगरपालिकाले बाहखा बजार सिन्टिटार र बोडेको हजारौ घरका बस्तीको ढल ल्याएर आयोजनाकै सानो ढलमा मिसाईदिए पछि हरेक वर्ष ढल बस्ती छिर्न थामलेको बताउनुभयो ।

नगरपालिका र आयोजनालाई पटक पटक डेलिगेसन गएर ढल नमिसाईदिन, आयोजनाको ढल ठूलो हाल्न र आयोजना छिटो सक्छ आग्रह गर्दा अटेर गरेको बताउनुहुन्छ । तीन वर्षमा सक्ने भनिएको कमेरोटार जग्गा एकीकरण आयोजना २१ वर्षसम्म पनि नसकेको, एक अर्ब भन्दा बढीको जनताको जग्गा बिक्री गरेर आयोजनादेखि उपभोक्ता समितिका पदाधिकारीले समेत कमिसन खाएको, ढल सानो हालेर आयोजनाले बेईमानी गरेको, भ्रष्टाचार गर्नकै लागि आयोजना सम्पन्न नगरी लम्याउने गरेको, सडक, खानेपानी र ढलको उचित व्यबस्थापन नगर्दा स्थानीयले समस्या भोग्नु परेको उहाँको बासिन्दाले गुनासो गरेका छन् । आयोजना क्षेत्र भित्रका बासिन्दाको मात्रै आज ढलको पानी पस्दा लाखौको क्षति भएको छ ।

त्यस्तै रातीको भिषण वर्षाका कारण हनुमन्ते खोला र आसपासका सहायक खोला बस्तीमा पस्नाले अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखानालगायतको क्षेत्रमा करोडौकोक्षसित भएको छ । सूर्यविनायक नगरपालिका क्षेत्रको बालकोटदेखि सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेको छ । हनुमन्ते खोलाको बाढी बालकोट पुलहुँदै बस्तीमा पसेपछि मेरिगोल्ड स्कुल, आसपासका बस्ती डुबानमा पर्नुका साथै बिहानदेखि ९ बजेसम्म बालकोट सडक अबरुद्ध भएको छ । सडकबाट बाढी जान थालेपछि सडक अबरुद्ध भएको छ भभने यहाँका विद्यालयहरु बन्द भएका छन् । बालकोटको माइक्रोबस पार्क क्षेत्रका बस्ती डुबनमा परेको छ ।

बालकोट क्षेत्रमा राती १ बजेदेखि स्थानीयको उद्धारमा खटिएको र ५० भन्दा बढी मानिस र चौपायाको उद्धार गरेको आरएनए ग्रुपका संयोजक अरुण सैजुले जानकारी दिनुभयो । उहाँले रातीदेखिनै भक्तपुर अस्तव्यस्त बनेको बताउनुभयो । त्यस्तै हनुमन्ते खोलाको सहायक गोदाबरी खोलामा आएको बाढी बस्तीमा पस्दा बालकोट वडा नं. २ र ललितपुरको महालक्ष्मी नगरपालिका जोड्ने क्षेत्रका बस्ती डुबानमा परेको छ । बस्ती डुबानमा पर्दा १०० भन्दा बढी घर डुबानमा परेको छ । बस्तीमा पानी पसेपछि सयौं घर डुबानमा परेको स्थानीइ डोमबहादुर कटुवालले जानकारी दिनुभयो ।

त्यस्तै सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलको करिब ६० घर डुबानमा परेको छ । आज राती परेको भिषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको करोडौको क्षति भएको छ । बस्तीमा घरभित्र १० फिट माथिसम्म पानी पस्दा एक तला घरको मानिसको उद्धार गर्नु पर्ने अबस्था आएको र मध्यरातीदेखि बस्ती छाडेर भाग्नु पर्ने अबस्था आएको स्थानीय अनिता पाण्डेले बताउनुभयो ।

स्थानीयको भुई तलाका सम्पूर्ण सामानहरु नष्ट भएका छन् भने गाडी र मोटरसाईकलहरु पूर्ण रुपमा डुबेका छन् । कयौंको स्कुटर र मोटरसाईकल बाढीले बगाएको उल्लेख दिदै उहाँले अधिकांशको घरको पर्खालहरु भत्किएको जानकारी दिनुभयो । रातभरी त्रासमा पस्नु परेको उहाँले बताउनुभयो । बाढीले करोडौको क्षति भएको उहाँले बताउनुभयो । मध्यरातीदेखि बस्तीमका पानी पसेपछि अधिकांश घरको भुईतला भित्र पसेको पानी चार फिटमाथिसम्म पुगेपछि मध्यराती धेरैको बिचल्ली भएको थियो ।
यता भक्तपुर नगरपालिका क्षेत्रको हनुमानघाट, क्षेत्रका बस्ती र विद्यालयहरु डुबानमा परेका छन् । हनुमान घाटको बालसेवक आधारभूत विद्यालय र यहाँका ५० भन्दा बढी घर, उद्योग डुबानमा परेको छ । जगातीकै सिद्धिस्मृति अस्पताल र बृद्धाश्रम पूर्ण रुपमा डुबानमा पर्दा अस्पतालको सेवा, विरामीलाई प्रभावित भएको छ । मेशिनहरु डुबानमा परेको र बृद्धाश्रम डुबनानले जेष्ठ नागरिकलाई समस्या परेको सिद्धिस्मृति फाउण्डेसनका अध्यक्ष श्याम धौभडेलले बताउनुभयो ।

सूर्यविनायक क्षेत्रको शान्ति निकेतन माध्यमिक विद्यालय डुबानमा पर्दा पठनपाठन बन्द भएको छ । विद्यालयको पहिलो तल्ला पूर्ण रुपमा डुबेको छभने राम मन्दिर डुबानमा परेको छ । यस क्षेत्रको सल्लाघारी र राधेराधे क्षेत्रसम्म डुबानमा परेको छ । राधेराधेमा हनुमन्ते खोलाको डिल भत्किएर बस्तीमा पानी पसेपछि राधेराधेको तल्लो क्षेत्रका सयौ घर डुबेको छ । पसल, उद्योग, कारखाना र व्यक्तिको घर डुबानमा पर्दा लाखौंको क्षति भएको छ । हनुमन्ते करिडोरको भत्काएर पानी बस्तीमा पसेको थियो । निकोसेरा क्षेत्रबाट आएको पानी समेत राधेरोध क्षेत्रको बस्तीमा पसेको थियो । मध्यरातीदेखिनै यो क्षेत्र अस्तव्यबस्त बनेको थियो ।

भक्तपुरमा वर्षाका कारण भएको डुबान प्रभावित स्थानीयवासीको घरदैलोमा पुगेर अवस्थाको बारेमा जानकारी लिन नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत विहानीको उज्यालो किरणसँग लाग्नुभयो । नेता बस्नेतको आगमनसँग पीडितहरुले आफ्नो अभिभावक आएको महशुस गरे । पीडितहरुले भने, ‘दाईले अब रेष्ट गर्न पाउनुहुन्न । दाईले रेष्ट गरे भक्तपुरका जनताले ठूलो क्षती व्यहोर्नुपर्ने छ । दाईले रेष्ट गर्नुभयो भने हामी समाप्त भयौं । हिजो के भयो भन्दा पनि अबको सुखद् वातावरण तयार गर्नुपर्नेछ ।’

स्थानीयवासीको पिडादायक अवस्थालाई मध्यनजर गर्दै नेता बस्नेतले भन्नुभयो, ‘जनताले आफुलाई पाँच वर्ष रेष्ट गर्न लगाएको तर आफु जनताको दुःख सुखमा जहिले पनि अग्रभागमा हुन्छु । तपाईहरुको पिडा नै मेरो पिडा हो । तपाईहरुको माग अनुसारको बजेट व्यवस्थापनमा लाग्नेछु । आगामी दिनमा यस्तो प्रकारको दुख व्यहोर्नु नपरोस् भन्ने कुरामा म सचेत छु ।’

आगामी दिनमा यो प्रकारका घटनाहरु नदोहोरिने गरी काम गर्न वृहत योजना बनाई अगाडी बढ्र्नुपर्ने धारणा राख्दै उहाँले कांग्रेसका जनप्रतिनिधि, नेता तथा संघर्ष समितिको नाममा करिडोर निर्माण गर्न रोकेकै कारण भक्तपुरका बस्तीमा बाढी पसेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जहाँ जहाँ रोकियो, त्यहाँ त्यहाँ डुबानमा परेको छ । आफ्नो कार्यकालमा भक्तपुरमा थप पाँच वटा खोलाको करिडोर, ढललगायतका आयोजनाहरु निर्माण गर्न करोडौं बजेट व्यवस्थापन गरेको तर सरकार परिवर्तन भई कांग्रेस–माओवादीसहितको गठबन्धनको सरकारले बजेट कटौती गर्दा अहिलेको अवस्था आएको हो । करिडोर, ढल लगायतका अनिवार्य आवश्यकता बनेका कार्यहरुको लागि बजेट व्यवस्थापनमा लाग्नेछु । जसमा साना योजनाहरु भने वडा तथा नगरपालिकामा स्थानीयवासीले पहल गर्नुहोला । म प्रदेश तथा संघीय सरकारमा बजेट व्यवस्थापनको लागि छिटै पहल गर्छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।