सभामुखद्वारा समितिमा रहेका विधेयकलाई चाँडो टुंगोमा पुर्‍याउन आग्रह

काठमाडौँ, १६ साउन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकको अवस्थाबारे चासो देखाएका छन् ।

संसद् बिजनेसविहीन भएपछि सभामुख घिमिरेले विभिन्न समितिका सभापतिहरूसँग छलफल गर्दै समितिमा विचाराधीन विधेयकहरूको अवस्थाबारे चासो देखाएका हुन् ।

बुधबार भएको छलफलमा उनले विचाराधीन विधेयकहरूलाई चाँडो टुंगोमा पुर्‍याउन आग्रह गरेका छन् । छलफलपछि उद्योग समितिका सभापति अब्दुल खानले समितिमा रहेका विधेयकको अवस्थाबारे सभामुखले जिज्ञासा राखेको जानकारी दिए ।

उनका अनुसार समितिमा रहेका समस्याबारे पनि सभामुखले जानकारी लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । आजदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य

काठमाडौँ, ४ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा

काठमाडौँ, ४ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

काठमाडौँ, ३ फागुन । हेटौंडा उपमहानगरपालिका-११ थानाभ-याङस्थित पूर्व-पश्चिम सडक खण्डमा ट्रकले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।