धरहरा खुला गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ, १६ साउन । २०७२  सालको भूकम्पमा परी ध्वस्त भएको काठमाडौँको माझमा रहेको धरहरा  छिट्टै  खुला गर्ने सरकारले तयारी गरेको छ ।

त्यसबेला समेत प्रधानमन्त्री रहनुभएका केपी शर्मा ओलीले  मै बनाउँछु मेरो  धरहरा भन्ने अभियान सञ्चाल गरेर यसको पुनर्निर्माण  गर्नुभएको थियो । पुनर्निर्माणपछि पनि पूर्ण रूपमा खुला नगरिएको धरहराको  प्रधानमन्त्री ओलीले  खुला गर्नका लागि सचिवहरूलाई  मंगलबार निर्देशन समेत दिनुभएको छ । 

‘धरहरा बनिसकेको छ पार्किङको व्यवस्थापन नहुँदा सञ्चालनमा आएको छैन । पार्किङको शुल्क लिएर भए पनि सञ्चालन गर्नुपर्छ । ‘मै बनाउँछु मेरो धरहरा’ अभियानमा नेपाली जनताले करोडौँ रकम पनि दिएका थिए । यसको पुनः निर्माणमा जनताको सहभागिता छ तर जनताले धरहरा चढ्न पाएनन् । कसरी हुन्छ छिटो सञ्चालनमा ल्याउन निर्देश गर्छु ’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ। 

भूकम्पले ध्वस्त भएको धरहरा  पुनर्निर्माणको प्रधानमन्त्री  ओलीले २०७२ साल पुस १२ गते शिलान्यास गर्नुभएको थियो । तीन वर्ष लगाएर पुनर्निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री ओलीले २०७८ साल वशाख ११ गते ऐतिहासिक धरहराको उद्घाटन गर्नुभएको थियो। सुगौली सन्धिपछि तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले धरहराको निर्माण गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । सांसद सपना राजभण्डारीले खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागीका घटना बढ्दै गएकोप्रति आज संसद बैठकमा

काठमाडौँ, १ जेठ । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । आज अर्थ

काठमाडौँ, १ जेठ । स्वतन्त्र सांसद अमरेश सिंहले डेपुटी गभर्नर नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो भनेर प्रश्न

काठमाडौँ, १ जेठ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा पेस गर्ने दिन परिवर्तन गर्न माग