धरहरा खुला गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ, १६ साउन । २०७२  सालको भूकम्पमा परी ध्वस्त भएको काठमाडौँको माझमा रहेको धरहरा  छिट्टै  खुला गर्ने सरकारले तयारी गरेको छ ।

त्यसबेला समेत प्रधानमन्त्री रहनुभएका केपी शर्मा ओलीले  मै बनाउँछु मेरो  धरहरा भन्ने अभियान सञ्चाल गरेर यसको पुनर्निर्माण  गर्नुभएको थियो । पुनर्निर्माणपछि पनि पूर्ण रूपमा खुला नगरिएको धरहराको  प्रधानमन्त्री ओलीले  खुला गर्नका लागि सचिवहरूलाई  मंगलबार निर्देशन समेत दिनुभएको छ । 

‘धरहरा बनिसकेको छ पार्किङको व्यवस्थापन नहुँदा सञ्चालनमा आएको छैन । पार्किङको शुल्क लिएर भए पनि सञ्चालन गर्नुपर्छ । ‘मै बनाउँछु मेरो धरहरा’ अभियानमा नेपाली जनताले करोडौँ रकम पनि दिएका थिए । यसको पुनः निर्माणमा जनताको सहभागिता छ तर जनताले धरहरा चढ्न पाएनन् । कसरी हुन्छ छिटो सञ्चालनमा ल्याउन निर्देश गर्छु ’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ। 

भूकम्पले ध्वस्त भएको धरहरा  पुनर्निर्माणको प्रधानमन्त्री  ओलीले २०७२ साल पुस १२ गते शिलान्यास गर्नुभएको थियो । तीन वर्ष लगाएर पुनर्निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री ओलीले २०७८ साल वशाख ११ गते ऐतिहासिक धरहराको उद्घाटन गर्नुभएको थियो। सुगौली सन्धिपछि तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले धरहराको निर्माण गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । सुन्धारा कारागारबाट फरार एक कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–२ पिप्लेका ४६

काठमाडौँ, ७ असार । अर्थमन्त्री स्वर्णिम वाग्लेले बैंक नेपाली नागरिकको सारथी बन्नु पर्ने बताएका छन् । बैंकहरूको स्थापनाको प्रमुख उद्देश्य

काठमाडौँ, ७ असार ।हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो २ बजेर ३२ मिनेटमा धक्का महसुस गरिएको राष्ट्रिय

काठमाडौँ, ७ असार । श्रीमतीको शरीरमा तातो तेल खन्याएर आगो लगाएको आरोपमा श्रीमान् पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका