काठमाडौँ, १६ साउन । चितवनको सिमलतालमा खसेको बस र यात्रु खोजी गर्नका लागि सरकारले चीनसँग पनि सहयोग माग्ने तयारी थालेको छ ।
असार २८ गते साढे ३ बजे भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट खसेको दुई वटा बस र त्यसमा सवार यात्रुको खोजी गर्न गृह मन्त्रालयले पहल थालेको हो ।
गृह मन्त्रालयको विपद तथा द्वन्द्व व्यवस्थापनका प्रमुख एवं सहसचिव भीष्मकुमार भुसालका अनुसार यसबारेमा अनौपचारिक छलफल सुरू भएको हो। यद्यपि यसबारे निर्णय भइनसकेको उनले बताए । यसअघि सरकारले भारतसँग पनि उद्धार तथा खोजीका लागि सहयोग मागेको थियो। साउन ५ गते भारतबाट १२ जनाको भारतको राष्ट्रिय आपदा मोचन दलको टोली आएको थियो ।