भारतको केरलमा पहिरो खस्दा १५ जनाको मृत्यु, ५० घाइते

नयाँ दिल्ली, १५ साउन । भारतको केरलको वायनाडमा मंगलबार पहिरो खस्दा १५ जनाको मृत्यु भएको छ । घाइते ५० जनालाई अस्पतालमा भर्ना गरिएको छ ।

पहिरोमा ठूलो संख्यामा मानिस फसेको हुन सक्ने अनुमान गरिएको छ । वनमन्त्री एके ससीनन्दनले पहिरोमा कति मानिस फसे भन्ने यकिन संख्या थाहा हुन नसकेको बताए । पीडितको उद्धारका निम्ति एयरफोर्सको हेलिकोप्टर प्रयोग गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी मृत्यु भएकाका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । त्यहाँको प्रधानमन्त्री कार्यालयले मृत्यु भएकाका परिवारलाई जनही दुई लाख र घाइतेका परिवारलाई ५० हजार भारु दिने जनाएको छ ।

वायनाडका सांसद तथा विपक्षी नेता राहुल गान्धीले पनि उक्त क्षेत्रमा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले राहतका निम्ति कुनै समस्या आएमा आफूलाई बताउन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । दाङमा जुवातास खेलिरहेको अवस्था ८ जना पक्राउ परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका-६ गुम्राहचोक डेरा गरी बस्ने

काठमाडौँ, १ जेठ । सुत्केरी हुन नसकेपछि एक महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । कालीकोटको तिलागुफा नगरपालिका–१० का

फाइल फोटो काठमाडौँ, १ जेठ । रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ ।

वीरगञ्ज, १ जेठ । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ ।  वीरगञ्ज महानगरको निर्णयअनुसार