परिसूचक नेप्से ११३ अङ्कले बढ्यो

काठमाडौँ, १३ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज अन्तिमसम्ममा ११३.४२ अङ्क बढेर बन्द भएको छ ।

आज कारोबार सुरु भए लगत्तै नेप्सेमा सकारात्मक सर्किट लागेको थियो । पहिलो सर्किटमा बजार २० मिनेट बन्द भएको थियो । त्यसपछि दोस्रो सर्किट लाग्यो र बजार ४० मिनेट बन्द भयो । ५ प्रतिशतले बढेपछि दोस्रो पटक बन्द भएको नेप्से त्यसपछि भने निरन्तर घट्ने प्रयास गर्‍यो ।

यद्यपि पुनः नेप्से सम्हालिँदै समग्रमा ४.४१ प्रतिशतले बजार बढेर बन्द भएको हो । यसक्रममा आज १४८ वटा कम्पनीको सेयर मूल्य बढ्यो । यस्तै ८७ वटा कम्पनीको मूल्य घट्यो भने ८ वटाको स्थिर रह्यो । आज १२ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतको वृद्धि आएको छ । 

यस्तै थप १० वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आइतबार कुमारी बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको ३६ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको हो । यसपछि एनआईसी एसिया बैंकको सेयर ३४ करोड ८१ लाख रुपैयाँको किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने