काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक

काठमाडौँ, १३ साउन । कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिस्टमा परेका दुई हजार ८५९ जना विद्यार्थीका नाम शनिवार (साउन १२ गते) प्रकाशन भएको छ ।

काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार आज सूची प्रकाशन गरेको हो । यसको विवरण इमेलबाट विद्यालयहरूलाई पठाइसकिएको छ । यस्तै विद्यार्थीहरूलाई एसएमएस पठाइएको छ । विद्यार्थीहरूले प्रवेश पत्र प्राप्त गरेकै विधिबाट आफ्नो सिफारिस सम्बन्धी जानकारी पाउन सक्नेछन् । 

प्रकाशन भएको सूची, साउन ४ गते लिइएको परीक्षाको नतिजामा विषयगत र समूहगत योग्यता क्रम, परीक्षार्थीले अनलाइन आवेदन फाराम भर्दा शिक्षण संस्थाहरूमा गरेको प्राथमिकता क्रमअनुसार आरक्षण र समूहगत रूपमा छुट्ट्याइएको सिट सङ्ख्याका आधारमा सूची प्रकाशन गरिएको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले जानकारी दिए । नाम प्रकाशन भएका विद्यार्थीले साउन १५ गतेभित्र भर्ना भइसक्नु पर्नेछ । छात्रवृत्ति छनोट समितिका संयोजक एवं शिक्षा अधिकारी गोविन्दप्रसाद शर्मा भन्छन्, ‘तोकिएको समयभित्र भर्ना नभए त्यसपछि कुनै पनि प्रकारको दाबी विरोध गर्न पाइँदैन ।’ शर्मा भन्नुहुन्छ, ‘साउन १५ गतेभित्र भर्ना नभई रिक्त रहेका सिटसमेतका लागि दोस्रो सूची प्रकाशन हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको

एजेन्सी, ११ कार्तिक । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०