मन्त्री भट्टराई र जापानी  राजदूतबीच भेटवार्ता

काठमाडौँ, १२ साउन । शिक्षा मन्त्री बिद्या भट्टराई र नेपालका लागि जापानका राजदूत  किकुता युताकाबीच शुक्रबार भेटबार्ता सम्पन्न भएको छ  ।

भेटबार्तामा  नेपाल र जापानबीच शिक्षाको क्षेत्रमा दिगो  बिकास र  सम्बन्धका बारेमा छलफल भएको थियो । सो अबशरमा मन्त्री भट्टराइले जापानले विशेषगरी २०१५ को भूकम्प र कोभिड–१९ महामारी जस्ता विपदमा जापानको निरन्तर सहयोगको प्रशंसा गर्नुभयो । मन्त्री भट्टराइले   नेपाल-जापान द्विपक्षीय सम्बन्धको ७० वर्ष पुरानो मान्यतालाई स्वीकार गर्दै समग्र विकासमा सहयोग पु¥याउन नेपालमा आईसीटी शिक्षालाई अगाडि बढाउनु आवश्यक रहेको बताउनुभयो । उहाले  नेपाली शिक्षाको क्षेत्रमा जापान सरकारको थप मजबुत सहयोगको अपेक्षा  गर्दै  पर्यटन अनुसन्धान र विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले देशभरका विद्यार्थीहरूका लागि छात्रवृत्तिको अवसर बढाउन आग्रह गर्नुभयो  ।

 जापानी विद्यार्थीलाई पनि उच्च शिक्षाका लागि नेपाल आउन प्रेरित गर्ने क्षेत्र सिर्जना गर्न आफूहरू  तत्पर रहेको शिक्षामन्त्रीको भनाइ थियो । मन्त्री भट्टराइले  एपीयूमा नेपाल विद्यार्थी पूर्व छात्र संघको स्थापनामा आफ्नो समर्थन रहेको उल्लेख गर्दै  शिक्षा क्षेत्रमा नेपाल र जापानबीच थप सहकार्यको अपेक्षा राख्नुभयो  । उहाले  प्रारम्भिक बैठकले शैक्षिक सम्बन्धलाई सुदृढ गर्ने र आपसी विकासलाई बढावा दिने आशाजनक संवादको सुरुवात भएको उल्लेख गर्नुभयो ।

राजदूत किकुता युताकाले नेपाल र जापानबीचको दीर्घकालीन र सकारात्मक सम्बन्धमा जोड दिँदै शिक्षाले यी सम्बन्धलाई थप मजबुत बनाएको उल्लेख गर्नुभयो  । उहाले  दुई देशबीच सहकार्यका थप अवसर खोज्ने समेत उल्लेख गर्नुभयो ।

त्यसैगरी उक्त भेटमा सहभागी एसिया प्यासिफिक युनिभर्सिटी का उपाध्यक्ष ओकामुरा योसिफुमीले   १०९ देशका ३ हजार जापानी र ३ हजार अन्तर्राष्ट्रिय विद्यार्थीसहित ६ हजार विद्यार्थी भर्ना भएको एपीयूमा नेपाली विद्यार्थीको बढ्दो उपस्थितिबारे चर्चा गर्नुभयो । एसिया प्यासिफिक युनिभर्सिटी को फोकस तीनवटा  एशिया प्यासिफिक संकाय, अन्तर्राष्ट्रिय व्यवस्थापन र दिगो पर्यटनरहेको उल्लेख गर्दै यी क्षेत्रहरूमा विशेष गरी वातावरण र पर्यटनले नेपालको आर्थिक वृद्धिलाई कसरी अघि बढाउन सक्छ भन्ने अनुसन्धानले नेपाली विद्यार्थीहरूलाई फाइदा पुग्ने र राष्ट्रिय विकासमा योगदान पु¥याउन सक्ने कुरामा जोड दिनुभयो ।

उपाध्याक्ष योसिफुमिले  भूराजनीतिक चुनौतीका बाबजुद नेपालको सम्भावनाको चर्चा  गर्दै जापानले नेपालको शैक्षिक क्षेत्रमा कसरी सहयोग गर्न सक्छ भन्नेमा चासो देखाउनु भएको थियो । उहाले  पोखरामा भएको प्रभावशाली विकासको उल्लेख गर्दै पर्यटन प्रवद्र्धनका लागि विद्यार्थीसँग सहकार्य गर्ने प्रतिबदत्ता ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी