समावेशी शिक्षा मापदण्डको प्रारम्भिक मस्यौदा माथि छलफल

पोखरा, ११ साउन । अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा संचालन तथा ब्यवस्थापन मापदण्ड २०८१को प्रारम्भिक मसौदा माथि गण्डकी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रीया कार्यक्रम शुक्रवार पोखरामा सम्पन्न भएको छ।

 कार्यक्रमको जिल्ला शिक्षा समन्वय इकाइ कास्कीका संयोजक समेत रहनुभएका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो । पौडेलले अपांगता भएका सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न समतामूलक तथा न्यायपूर्ण अबसर सृजना गर्न मापदण्ड महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपालको बिद्यमान शिक्षा सम्बन्धि संबैधानिक ब्यबस्था ऎन, निति तथा योजना कार्यान्वयन गर्न र समावेशी शिक्षाको सहज संचालन र पहुँच स्थापित गर्न मापदण्ड थप सहायक हुने बिश्वास ब्यक्त गर्नुभयो । पौडेलले प्रारम्भिक मस्यौदामा गम्भीर छलफल सहित थप मजबुत बनाउन नेपाल सरकारलाई सुझाव दिन सरोकारवालाहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य, विश्व शिक्षा परिषदका सदस्य डाक्टर बिरेनराज पोख्रेल, शिक्षा समन्वय एकाइ कास्कीका शाखा अधिकृत टंक बराल, नेत्रहीन संघका केन्द्रीय महासचिव शिशिर खनाल, कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश समिति अध्यक्ष रोमहर्षण पौडेल लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि ऎन २०७५ को दफा ४१ ले दिएको अधिकार प्रयोग गरेर नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त प्रारम्भिक मसौदा तयार पारेको हो। नेत्रहीन युबा संघ नेपालका केन्द्रीय अध्यक्ष रामचन्द्र गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यक्रम अधिकृत नीर श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि