एसिया कप खेलेर फर्कियो नेपाली टोली

काठमाडौँ, १० साउन । एसिसी एसिया कप २०२४ खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ ।

नेपाली टोली बिहीबार श्रीलंकाबाट नेपाल फर्किएको हो । समूह ‘ए’ मा प्रतिस्पर्धा गरेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो। यद्यपी नेपालले पहिलो खेलमा युएईविरूद्ध ६ विकेटको जित निकालेर इतिहास रचेको थियो ।

यसअघि दुई पटक एसिया कप खेले पनि नेपाल जितविहीन थियो। दुई संस्करणका आठ खेलमा पराजित नेपालले नवौं खेलमा जित निकालेको थियो। खेलमा नेपालका लगि सम्झना खड्काले ऐतिहासिक अर्धशतक प्रहार गरेकी थिइन् । युएईलाई पराजित गरेपछि नेपालले पाकिस्तानसँग ९ विकेट र भारतसँग ८२ रनको हार बेहोरेको थियो।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्