एसईईको उत्तरपुस्तिका परीक्षणमा कमजोरी देखियो : मन्त्री भट्टराई

काठमाडौँ, ९ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षणमा कमजोरी भएको बताएकी छन् ।

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले राष्ट्रिय परीक्षा बोर्डसँग छलफल गर्दा परीक्षण तथा अंक चढाउने गर्दा समस्या हुने गरेको सुनाइन् ।

उनले भनिन्, ‘पुनर्योग नतिजा आउन थालेपछि बोर्डसँग हामीले छलफल गर्दा चेकिङमा पनि इरर, नम्बर पोस्टिङ गर्दा अथवा इन्ट्री गर्दा पनि इरर देखियो ।’ मन्त्री भट्टराईले अब पुरक परीक्षापछि बोर्डको लापरबाहीबारे अध्ययन गरिने जानकारी गराइन् । उनले भनिन्, ‘अध्ययनको क्रममा आउने निष्कर्षको आधारमा गर्नुपर्ने काम गर्छौं । परीक्षा बोर्डलाई नै पुनर्संरचना गर्नुपर्ने हो वा के हो, के कारणले कमजोरी भयो भन्ने बारेमा पुनरावलोकन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी