शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

काठमाडौँ, ७ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले  शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्ने  बताएकी छन् ।

आज काठमाडौँ मिडिया एडभोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त  आयोजित ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक दुईदिने गोष्ठीमा बोल्दै उनले सञ्चारमाध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय भएको बताइन् ।

उनले भनिन्, “शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ, विश्व एआइमा पुगिसकेको अवस्थामा हामीले प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ”, “सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी छ ।” 

नेपालका लागि क्यानाडाका राजदूत क्यामेरोन म्याकेले नेपालमा सामाजिक न्यायमा लागि पत्रकार महिलाको उपस्थिति जरुरी रहेको बताइन् ।  उनले क्यानाडामा महिला सहभागिता ५० प्रतिशत र महिला पत्रकार ५२ प्रतिशत रहेको जानकारी गराइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी