अध्यक्ष प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ, ६ साउन । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

आज दुई नेताबिच सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिनुअघि  नेताहरू प्रचण्ड र नेपालले भेटवार्ता गरेका हुन् । 

माओवादी केन्द्र, रास्वपा, राप्रपा र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी

काठमाडौँ, ९ भदौ । बागलुङमा पछिल्लो दुई महिनामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Currency Unit