सङ्घीयता कता जान्छ, आशङ्का छ : मुख्यमन्त्री जम्कट्टेल

काठमाडौँ, ६ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सङ्घीयता र संविधान कार्यान्वयनमा आशङ्का व्यक्त गरेका छन् ।

आज १८ महिना अवधिको (आफ्नो कार्यकाल) प्रगति विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री जम्कट्टेलले वर्तमान सत्ता गठबन्धनको अन्तर्य स्पष्ट नभएकाले संविधान र सङ्घीयता माथि थप चुनौती देखिएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सङ्घीयता र प्रदेश सरकारको अधिकारको विषयमा बहस र छलफल नहुने उनले बताए । संविधान र संघीयता माथि प्रधानमन्त्री ओलीको हस्तक्षेप हुने उनले आशङ्का व्यक्त गरे ।

उनले भने, ‘वर्तमान सत्ता गठबन्धनको अन्तर्य स्पष्ट छैन । यो गठबन्धन सरकार निर्माण, संविधान संशोधन र अस्थिरताको अन्त्यमा मात्र सीमित छैन । यो गठबन्धन किन बन्यो त्यसको मैले व्याख्या गर्नुपर्छ जस्तो लाग्दैन । सङ्घीयता कता जान्छ, आशङ्का छ । राजनीतिक अस्थिरता पहिले पनि थियो । त्यतिबेला किन स्थिरताको विषयमा सोचिएन ?’ ‘संविधान र सङ्घीयता कार्यान्वयनमा आशङ्का छ । सङ्घीयता कता जाँदैछ चिन्ताको विषय हो । केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रदेशका अधिकारका बारेमा छलफल हुँदैन । प्रदेशलाई सरकारको मान्यता दिइँदैन ।’

वर्तमान गठबन्धन सरकारका कारण सङ्घीयता, प्रदेश सरकार रहन्छ/रहन्न भन्ने आशङ्का रहेको उनले बताए । ओली प्रधानमन्त्री भएपछि प्रदेश र स्थानीय सरकार नै भन्न नपाइने उनको भनाई छ । सरकारका कारण उत्पीडित वर्गको अधिकार सुनिश्चितता नहुने अवस्था निम्तिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार

काठमाडौँ, १ जेठ । सांसद सपना राजभण्डारीले खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागीका घटना बढ्दै गएकोप्रति आज संसद बैठकमा

काठमाडौँ, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान

काठमाडौँ, १ जेठ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले