सङ्घीयता कता जान्छ, आशङ्का छ : मुख्यमन्त्री जम्कट्टेल

काठमाडौँ, ६ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सङ्घीयता र संविधान कार्यान्वयनमा आशङ्का व्यक्त गरेका छन् ।

आज १८ महिना अवधिको (आफ्नो कार्यकाल) प्रगति विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री जम्कट्टेलले वर्तमान सत्ता गठबन्धनको अन्तर्य स्पष्ट नभएकाले संविधान र सङ्घीयता माथि थप चुनौती देखिएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सङ्घीयता र प्रदेश सरकारको अधिकारको विषयमा बहस र छलफल नहुने उनले बताए । संविधान र संघीयता माथि प्रधानमन्त्री ओलीको हस्तक्षेप हुने उनले आशङ्का व्यक्त गरे ।

उनले भने, ‘वर्तमान सत्ता गठबन्धनको अन्तर्य स्पष्ट छैन । यो गठबन्धन सरकार निर्माण, संविधान संशोधन र अस्थिरताको अन्त्यमा मात्र सीमित छैन । यो गठबन्धन किन बन्यो त्यसको मैले व्याख्या गर्नुपर्छ जस्तो लाग्दैन । सङ्घीयता कता जान्छ, आशङ्का छ । राजनीतिक अस्थिरता पहिले पनि थियो । त्यतिबेला किन स्थिरताको विषयमा सोचिएन ?’ ‘संविधान र सङ्घीयता कार्यान्वयनमा आशङ्का छ । सङ्घीयता कता जाँदैछ चिन्ताको विषय हो । केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रदेशका अधिकारका बारेमा छलफल हुँदैन । प्रदेशलाई सरकारको मान्यता दिइँदैन ।’

वर्तमान गठबन्धन सरकारका कारण सङ्घीयता, प्रदेश सरकार रहन्छ/रहन्न भन्ने आशङ्का रहेको उनले बताए । ओली प्रधानमन्त्री भएपछि प्रदेश र स्थानीय सरकार नै भन्न नपाइने उनको भनाई छ । सरकारका कारण उत्पीडित वर्गको अधिकार सुनिश्चितता नहुने अवस्था निम्तिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, ७ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउने

काठमाडौँ, ७ बैशाख । गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण

काठमाडौँ, ७ बैशाख । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन्