१४ लाखभन्दा धेरै दक्षिण सुडानी शरणार्थी स्वदेश फर्किए

एजेन्सी, ६ साउन । दक्षिण सुडानबाट विस्थापित भएका मध्य पछिल्लो पाँच बर्षमा १४ लाख जनाभन्दा धेरै स्वदेश फर्किएका छन् । सन् २०१८ को अक्टोबर र सन् २०२४ को मे महिनामा भएको शान्ति सम्झौतापछि १४ लाखभन्दा धेरै दक्षिण सुडानी शरणार्थी स्वदेश फर्किएका संयुक्त राष्ट्रसंघको शरणार्थी निकायले जनाएको छ ।

केन्या, युगान्डा, सुडान, इथियोपिया, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र मध्य अफ्रिकी गणतन्त्रलगायतका क्षेत्रमा दक्षिण सुडानका २२ लाख शरणार्थी रहेका छन् । युगान्डाले सबैभन्दा धेरै दक्षिण सुडानी शरणार्थीको शरण दिएको छ ।

संयुक्त राष्ट्रसंघले शरणार्थी स्वदेश फर्कनुको सबैभन्दा मुख्य कारणमा परिवारका सदस्यसँग पुनर्मिलन, दक्षिण सुडानमा सुरक्षा स्थितिमा सुधार र भूमि, सम्पत्ति र आवासको मूल्याङ्कन लगायत रहेको बताएको छ । शरणार्थीले आफ्नो शरणको देश छोड्नुको कारण असुरक्षा, रोजगारी, जीविको पार्जन र आर्थिक गतिविधिको अभाव र शरणार्थी शिविरमा खाद्य राशनमा कमि रहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार

काठमाडौँ, १ जेठ । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । आज अर्थ

काठमाडौँ, १ जेठ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौँ, १ जेठ । स्वतन्त्र सांसद अमरेश सिंहले डेपुटी गभर्नर नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो भनेर प्रश्न