एशिया कप महिला टी–२० क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाडौँ, ६ साउन । एसीसी एशिया कप महिला टी–२० क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ ।

नेपालले समूह चरणको आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे श्रीलंकाको दाम्बुलामा शुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले ऐतिहासिक जित निकालेको थियो ।

यसअघि सन् २०१२ र २०१६ मा दुई पटक एशिया कपमा सहभागी नेपाली महिला टोली सबै नौ खेलमा पराजित भएको थियो । पहिलो खेलमा पाकिस्तान भारतसँग पराजित भएको थियो । आजको खेल जितेमा नेपालको अर्को चरणमा पुग्ने सम्भावना बलियो हुनेछ ।

नेपाल र पाकिस्तानको खेल अघि आज दिउँसो सवा दुई बजे भारत र युएई खेल्नेछन् । हिजो भएको खेलमा श्रीलंकाले बङगलादेशलाई सात विकेट र थाइल्यान्डले मलेसियालाई २२ रनले हराएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आ आफ्नो पदको शपथग्रहण गरेका

काठमाडौँ, २९ पौष । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य सन्तोष सुवेदी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश

काठमाडौँ, २९ पौष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि नवीनतम प्रविधि, सीप र पूर्वतयारी

काठमाडौँ, २९ पौष । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका ठाउँमा अर्को नाम पठाउन राजनीतिक दलहरूलाई आग्रह गर्दैछ । निर्वाचन