नयाँ पार्टी खोल्दैमा वैकल्पिक बनिँदैन : अध्यक्ष भट्टराई

काठमाडौँ, ५ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टी खोल्दैमा वैकल्पिक पार्टी नबन्ने बताएका छन् ।

शनिबार डा. मुक्ति रिजालद्वारा लिखित ‘बाबुराम : अ भिजनरी रिबेल’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले वैकल्पिक पार्टी बन्नका लागि वैकल्पिक सोच र कार्यक्रम आवश्यक रहेको उनले बताएका हुन् ।

उनले भने, ‘पार्टी गठन गर्ने, दुई चार जना मान्छे जम्मा हुने, नेता हुने, एक खालको एजेन्डा उठाइदिने र आफूलाई वैकल्पिक भन्ने त्यस्तो होइन । वैकल्पिक भनेर त धेरै आउँछन् तर वास्तवमा वैकल्पिक सोच, नीति कार्यक्रम र विश्व र नेपाल सुहाउँदो नीति व्यवहार र आचरण लिएर जाने नै वैकल्पिक शक्ति बनेर आउँछ ।’

संविधान जारी भएपछि पुँजीवादी क्रान्तिको एक चरण पूरा भएको र यसमा नै टेकेर अगाडि जानुपर्छ भन्ने विचार आफ्नो रहेको स्पष्ट पारे । ‘बाबुराम कसरी नयाँ हुन्छ भनेर पनि धेरैले प्रश्न गर्छन् । तर वैकल्पिक शक्ति आकाशबाट आउने होइन, विचारले नयाँ बन्ने हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई

काठमाडौँ, ५ असोज । पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार राति १० बजे दुई

काठमाडौँ, ५ असोज । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुहुँ