चीनमा पुल भत्किँदा ११ जनाको मृत्यु, ३० बेपत्ता

एजेन्सी, ५ साउन । उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी बेपत्ता भएको सरकारी प्रसारणकर्ता सीसीटीभीले जनाएको छ । 

समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार राति करिब ८ः४०  बजे वर्षासँगै आएको बाढीका कारण सानक्सी प्रान्तको साङ्लुओ नदीमा रहेको पुल भत्किएको हो ।  

राजमार्गको पुल नदीमा खसेपछि लगभग २० वटा सवारी साधन र ३० जनाभन्दा बढी मानिस बेपत्ता भएको सीसीटीभीले बताएको छ । 

हालसम्म उद्धार गरिएका पाँचवटा गाडीभित्र ११ जनाको शव फेला परेको हो । सार्वजनिक तस्बिरहरूमा पुलको आंशिक भाग नदीमा डुबेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ